जनता समाजवादी पार्टी, नेपालका सांसदहरुले आ–आफ्नो जातीय पहिचान झल्किने पोशाकमा शपथ ग्रहण गर्ने भएका छन् ।
सबैको पहिचान र अस्तित्वको सवाललाई प्रार्थमिकताका साथ उठाउने पार्टीका लागि आ–आफ्नो भाषा र पोशाकमा सांसदहरुले शपथ लिने कुरा स्वभाविक रहेको प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले बताए । यद्यपी सांसदहरुलाई राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक छनौटको सुविधा भने रहेको उनले बताए ।
शपथ लिँदा केही सांसदहरुले मातृभाषामा पनि लिने उनको भनाइ छ ।


















