Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेसी दलहरुको असफलता पनि जेनजी आन्दोलन : राजेश विद्रोही

Dilip Aahir by Dilip Aahir
पुस ७, २०८२
0
काठमाडौंमा “परिवर्तनशील समय में मधेश” विषयक कार्यक्रम भव्यताका साथ  सम्पन्न ।
ADVERTISEMENT

काठमाडौं । मधेसी एकता समाजद्वारा आयोजित ‘परविर्तनशिल समयमा मधेस’ शिर्षकको कार्यक्रममा विशिष्ट वक्ताका रूपमा बोल्दै राजेश विद्रोहीले जेनजी आन्दोलन पुराना राजनीतिक दलहरूको दीर्घकालीन असफलताको प्रतिफल भएको बताएका छन् ।

विद्रोहीका अनुसार, लामो समयसम्म सत्ता र सरकारमा रहेर पनि पुराना दलहरूले जनताको अपेक्षाअनुसार सेवा र डेलिभरी दिन नसक्दा नयाँ पुस्ता वैकल्पिक राजनीतिको खोजीमा उत्रिएको होल। “जेनजी आन्दोलनको मूल जनादेश अहिलेको यथास्थितिभन्दा अग्रगामी राजनीतिक परिवर्तन हो ।” उनले भने, “यसका लागि संविधान संशोधन गर्दै जनउत्तरदायी, जनमुखी र जनसहभागितामूलक संविधान निर्माण अपरिहार्य छ।”

उनले शासकीय स्वरूपसहित राज्यको पुनर्संरचना नगरे थप आन्दोलनहरू अवश्यंभावी हुने चेतावनी पनि दिए । विद्रोहीले नेपालभित्र रहेका आन्तरिक राष्ट्रियतामध्ये मधेसको आफ्नै विशिष्ट राष्ट्रियता रहेको उल्लेख गर्दै मधेस आन्तरिक र बाह्य दुवै किसिमको उपनिवेशिक अवस्थाबाट गुज्रिरहेको धारणा राखे । “अहिलेको संविधानले मधेसको ओनरसिप लिन सकेको छैन ।” उनले भने, “यसकै कारण विभेद र उत्पीडनमा पारिएका वर्ग र समुदायको अवस्था झन् दयनीय बन्दै गएको छ ।”

राजनीतिक दलका नेताहरूको चरम राजनीतिकरणले राज्यका तीनवटै अंग—व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका—भ्रष्ट, नालायक र निकम्मा सावित भएको विद्रोहीको आरोप थियो । “सत्ता शक्तिको चरम दुरुपयोग भएको छ ।” उनले भने, “विचार, सिद्धान्त र दर्शन दलहरूको फरक–फरक भए पनि मिलिजुली सत्ता सरकारमा जाने र बाँडिचुडी खाने नै मुख्य नीति बनेको छ ।”

संघीयताको मुख्य पहिचान बोकेको मधेसमा समेत शासन अभ्यास काठमाडौंको प्रदूषित र भ्रष्ट अभ्यासभन्दा फरक नदेखिएको भन्दै उनले प्रश्न गरे, “यस्तो अवस्थामा दोष प्रणालीलाई दिने कि प्रवृत्तिलाई ?” शासक वर्गभित्र गहिरो विभेद रहेको उल्लेख गर्दै उनले मानसिकतामा मात्रै होइन, राज्यका नीति तथा कार्यक्रममै विभेद संस्थागत भएको बताए । हुलाक राजमार्ग, कृषि उत्पादन, दलित तथा सीमान्तकृत समुदायसँग सम्बन्धित क्षेत्रहरूमा देखिएको असमानता त्यसको उदाहरण भएको उनको भनाइ थियो ।

आमूल र विभेदरहित परिवर्तनका लागि युवाहरूलाई नेतृत्व र अवसर दिनुपर्नेमा विद्रोहीले जोड दिए । साथै अग्रज पुस्ता र सचेत नागरिक समाजले आफ्ना ज्ञान र क्षमताको हस्तान्तरण गर्ने स्पष्ट मेक्यानिजम विकास गर्नुपर्ने उनको सुझाव थियो । “पारिवारिककरण र पुरानो सोच त्यागेर मात्रै आजको परिवर्तन र परिवर्तित युगलाई पछ्याउन सकिन्छ ।” उनले भने ।

कार्यक्रममा बोल्दै विद्रोहीले चुनावका बेला मात्रै मधेस, संविधान संशोधन, संघीयता र शोषित–उत्पीडित वर्गका मुद्दा सम्झिने प्रवृत्तिप्रति कडा आलोचना गरे । “बाँकी समयमा यी मुद्दाहरू सत्ता कुर्सीमा लगेर बेचिन्छन्, बार्गेनिङको टेबुलमा राखिन्छन् ।” उनले भने, “यही कारण सबै तह र तप्काका नागरिकले राज्यको अनुभूति गर्न सकेका छैनन् ।”

कार्यक्रममा सहभागी वक्ता तथा नागरिकहरूले मधेसका मुद्दालाई केवल राजनीतिक सौदाबाजीको विषय नभई संरचनागत परिवर्तनको एजेन्डाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav