Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेपविरुद्ध राष्ट्रिय एकता अभियानको रैली

Dilip Aahir by Dilip Aahir
माघ ३०, २०८१
0
ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेपविरुद्ध राष्ट्रिय एकता अभियानको रैली
ADVERTISEMENT

काठमाडौं, १२ फेब्रुअरी २०२५ — राष्ट्रिय एकता अभियान, काठमाडौंले ठमेल बचाउन तथा चिनियाँ व्यापारिक अतिक्रमण रोक्न आज ठमेलमा विशाल रैलीको आयोजना गरेको छ। “स्थानीय व्यापार जोगाऔं, चिनियाँ औपनिवेशिकरण रोकौं!” भन्ने नाराका साथ निकालिएको यो विरोध र्‍यालीमा स्थानीय व्यापारीहरूको व्यापक सहभागिता देखिएको थियो। राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको र्‍यालीमा सहभागीहरूले “ठमेलमा जबरजस्ती तिब्बतीकरण बन्द गर!”, “स्थानीय व्यापार जोगाऊ, विदेशी चलखेल हटाऊ!”, “चिनियाँ प्रभुत्व चाहिँदैन, हाम्रो ठमेल जोगाउनै पर्छ!”, “ठमेल हाम्रो, व्यापार पनि हाम्रो!”, “ठमेलको मौलिकता मेट्न पाइँदैन, नेपाली पहिचान जोगाउनै पर्छ!”, “स्थानीय उद्यमीलाई संरक्षण देऊ, विदेशी हस्तक्षेप बन्द गर!”, “ठमेललाई व्यापारिक उपनिवेश बनाउन पाइँदैन!”, “ठमेलका व्यापारीहरूलाई विस्थापित हुन दिनुहुँदैन!”, “ठमेललाई संरक्षण गर, नेपाली पहिचान धराशायी हुन नदेऊ!” जस्ता नारा लगाउँदै विरोध जनाए। रैलीमा अभियानका केन्द्रीय सचिवालय प्रमुख चन्द्र यदुवंशी, केन्द्रीय सदस्य मनीष पुर्वे लगायत ठमेलका सयौं स्थानीय व्यापारी सहभागी थिए। रैली समापन गर्दै अध्यक्ष यादवले ठमेल काठमाडौंको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र भए पनि स्थानीय व्यापारीहरूले व्यवसाय गर्ने वातावरण दिनुपर्नेमा उल्टै चिनियाँ प्रभाव बढ्दै गएको बताए। उनले ठमेलको तिब्बतीकरण तीव्र रूपमा भइरहेको र यसलाई रोकिएन भने स्थानीय व्यवसायीहरू विस्थापित हुनुपर्ने अवस्था आउने चेतावनी दिए। उनले ठमेलको मौलिक पहिचान संरक्षण गर्न चीनको व्यापारिक दादागिरी रोक्नुपर्ने र विदेशी प्रभावका कारण नेपाली पहिचानलाई मेट्न नदिने संकल्प व्यक्त गरे। उनका अनुसार सरकारले समयमै हस्तक्षेप नगरे ठमेलको मूल व्यवसायीहरू पलायन हुने खतरा बढ्दै गएको छ। यसअघि पनि राष्ट्रिय एकता अभियानले चीनको नेपालमा बढ्दो व्यापारिक अतिक्रमण तथा सीमा मिचाइको विरोध गर्दै आएका छन्। ठमेल क्षेत्रका स्थानीय व्यवसायीहरूले पनि चिनियाँ व्यवसायीहरूकै प्रभावले नेपाली उद्यमीहरू विस्थापित भइरहेका भन्दै सरकारलाई कडा कदम चाल्न आह्वान गरेका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो, तर सहभागीहरूले सरकारलाई स्पष्ट सन्देश दिँदै चिनियाँ प्रभुत्व अन्त्य नभएसम्म संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

ताजा समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav