Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहा मिर्चैयाका मेयर यादवलाई पक्राउ पूर्जी जारी, समुहै लिएर फरार

Dilip Aahir by Dilip Aahir
अशोज १०, २०८१
0
सिरहा मिर्चैयाका मेयर यादवलाई पक्राउ पूर्जी जारी, समुहै लिएर फरार
ADVERTISEMENT

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवमाथि पक्राउ पूर्जी जारी भएपछि फरार भएका छन् । ज्यानमार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी विगत एक सातादेखि नगरपालिका छाडेर फरार भएका हुन् ।मिर्चैया नगरपालिका वडा नम्बर १ स्थित मनहर्वामा गत २०८० बैशाख १६ गते बिहान सडकको विषयमा विवाद हुँदा यादवको नेतृत्वमा गएको दर्जनबढीको समूहले स्थानीयमाथि घरेलु हातहतियारले आक्रमण गरेको प्रकरणमा मेयरमाथि पक्राउ पूर्जी जारी भएको हो ।सो क्रममा स्थानीय रामभरोष महतो, जीवछ गाईं, कारी महतो र रासलाल कापरीलगायत गम्भीर घाइते भएको थियो ।  । उनीहरुले नै जाहेरी दर्ता गराएपछि मेयर यादवसहित उनका सहयोगीहरु समेत फरार भएका छन् । घाईतेहरुले जनकपुरमा उपचारपछि फर्केर जाहेरी लिएर प्रहरीमा पुगे । तर, दर्ता भएन । हुलाकबाट पठाएपनि मुद्दा दर्ता भएको थिएनन् । राजनीतिक पावरको आडमा मेयरमाथि मुद्दा दर्ता नगरिदिएपछि पीडितहरु उच्च अदालत राजविराज गएपछि गत २०८० फागुन ४ मा उनीहरुविरुद्ध मुद्दा चलाउन आदेश दिएको थियो ।उच्च अदालतले २०८१ बैशाख ९ मा प्रमाणिकरण गरी २०८१ जेठ १४ मा आदेशको प्रतिलिपी इलाका प्रहरी कार्यालय, मिर्चैया र जिल्ला सरकारी वकिलको कार्यालय, सिरहालाई पठाएपछि पक्राउ पूर्जी जारी भएको बताईएको छ ।

उच्चको आदेशमा मिर्चैया प्रहरीले मेयर यादवसहित वडा १ का वडाध्यक्ष रुपेश कुमार महतो, शिव कापरी, संजय मण्डल, मनोज कापरी, फरमान शेखलगायत १३ जनाविरुद्ध एक महिनाअघि मुद्दा दर्ता गरेको छ । तर, दुई जना प्रहरी नियन्त्रणमा भएपनि मेयरसहितका अन्य व्यक्ति पक्राउ परेका छैनन् ।यसै मुद्दाका प्रतिवादीमध्येका मनोज कापरी २० दिनअघि नै लागूऔषधसहित पक्राउ परेर प्रहरी हिरासतमा छन् भने फरमान शेखलाई प्रहरीले एक साताअघि पक्राउ गरेको छ । तर, मेयर यादवसहित फरार रहेका अन्य प्रतिवादी समाउन भने प्रहरी अहिलेसम्म सफल हुन सकेको छैन ।श्रोतका अनुसार, पक्राउ पर्ने डरले मेयर यादव प्रतिवादीसमेत रहेका आफ्ना सहयोगीहरुसहित अन्यत्र फरार भएका हुन् । मेयर यादब तिनदिनले कार्यलयमा नआएको एक क्रमचारीले बताए । मेयर यादब कहाँ गएको छ ,केहि जान्कारी छ कि छैन भन्ने प्रशनमा ‘ हामिलाइ मेयर कहाँ गयो ,के गर्छ गर्दैन केही जानकारी नरहेको जनाए । क्रमचारीले भने ,हामिलाइ सोध्ने आँट नी हुदैन ।

ईलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखुले भने प्रतिवादीहरूको खोजीकार्य भइरहेको दाबी गरे ।प्रहरीले अहिलेसम्म प्रतिवादीलाई पक्राउ गर्न आनाकानी गर्दै आएको र यसले आफूहरुले थप अन्याय महसुस भएको पीडितहरुको गुनासो छ । ‘अदालतको आदेशमा मुद्दा त दर्ता भयो, तर उनीहरूलाई प्रहरीले पक्राउ गरेको छैन,’ पीडित कारी महतोले भने, ‘यो भनेको हामीमाथि झन् अन्याय हो ।’उनी मेयर भएकै कारण प्रहरी प्रशासनले गुपचुप रुपमै यो मुद्दालाई सेटल गर्न चाहेको मिर्चैयाका राजनीतिकर्मीहरुको आरोप छ । मिर्चैयाका कांग्रेस नेता धनेश्वर यादव भन्छन्, ‘मेयरको ठाउँमा अरु भएको भए के प्रहरीको भूमिका यस्तै हुन्थ्यो त रु’प्रहरी प्रशासनको यस्तो रबैयाले विधि र कानुनको उपहास भइरहेको उनीहरूको भनाइ छ । ‘अपराधीहरूलाई पक्रन प्रहरीले खुट्टा कमाउनु पर्दैन,’ स्थानीय नेता खगेश्वर यादवले भने, ‘यदि यस्तो हुन्छ भने यो विधि र कानुनको उपहास हो ।’

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

ताजा समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav