Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सर्पलाई नाग र प्रकाशको परावर्तनलाई नागमणि भन्दै फेसबुकमा भ्रम फैलाइँदै

Bahujan Aawaj by Bahujan Aawaj
साउन २, २०८१
0
सर्पलाई नाग र प्रकाशको परावर्तनलाई नागमणि भन्दै फेसबुकमा भ्रम फैलाइँदै
ADVERTISEMENT

काठमाडौं । पछिल्ला केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा वीरगन्जमा नाग र नागमणि भेटिएको भन्दै विभिन्न भ्रामक पोस्ट राखिएका छन् । स्थानीय व्यक्तिहरू विशेषगरी मधेस प्रदेशबाट सञ्चालन गरिएका विभिन्न फेसबुक पेजमा यस्तो जानकारी राखिएको छ ।

त्यसमा पनि आफूलाई पत्रकार भनेर चिनाउनेहरूले भिडिओ राख्दै नाग र नागमणि भेटिएको हल्ला फैलाएका हुन् । फेसबुकमा ‘नाग’ वा ‘नागमणि’ सर्च गर्ने हो भने भ्रामक प्रचार गरिएका यस्ता सयौं पोस्ट देखिन्छन् ।

सबैभन्दा पहिला कसले यस्तो पोस्ट गरेको थियो भन्ने कुराको यकिन त छैन । तर, द वीरगन्ज न्युज, जर्नालिस्ट अभिमन्यु पटेल, जोक्स नेपाल, एनएजे इन्टरटेन्मेन्ट, वीरगन्ज अपडेट लगायतका थुप्रै पेजले नाग भन्दै कोब्राको फोटो राखेर भ्रामक प्रचार गरेका छन् ।

उनीहरूले प्रचार गरेका सबै फोटोमा प्रायः एउटै क्याप्सन राखिएको छ । जसमा लेखिएको छ, “बिग ब्रेकिङ बीरगंज महानगरपालिकाको राधेमाई पछाडि वडा नम्बर १४ पिपराको शिव मन्दिरमा नाग देवता र नागमणि देखा परेको छ । जय भोले ।”

कतिपयले भने ब्रेकिङ र अन्य शब्दको हिज्जे मिलाएर राखेका छन् । मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले यो भ्रामक जानकारी भएको बताए । वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका मण्डलले भने, “यो फोटोमा देखिएको सर्प कुनै नाग सर्प नभएर गोमन अर्थात् कमन कोब्रा सर्प हो । धार्मिक ग्रन्थमा भनिएको जस्तो यसले नागमणि दिने भन्ने हुँदैन । यो भ्रामक जानकारी हो ।”

वीरगन्जका स्थानीय एवं सर्प उद्धारकर्मी दीपक नेपाल पनि यो भ्रामक जानकारी भएको बताउँछन् । “कमन कोब्रा मधेसमा सजिलै पाइने सर्प हो,” १५ वर्षदेखि उद्धार कार्यमा खटिएका नेपालले भने, “सर्प घर, मन्दिर, नदी, जङ्गल जहाँ पनि भेटिन सक्छ । बाहिर भेट्दा मार्ने अनि मन्दिरमा भेटिंदा नाग भन्ने गरिन्छ ।”

उनलाई उक्त सर्प भेटिएको दिन फोन गरेर उद्धार गर्न अनुरोध गरिएको थियो । तर, उनी पुग्दा त्यहाँबाट सर्प भागिसकेको थियो । जसले गर्दा उनी मन्दिरसम्म पुग्न सकेनन् । “खासगरी नाग भनेर प्रचार गर्ने अनि त्यही देखाएर पैसा उठाउने गरेको देखिन्छ,” उनी भन्छन्, “केही महिना अघि पनि एउटा कमन कोब्रा भेटिंदा यसैगरी प्रचार गरिएको थियो । पछि त्यहाँ दैनिक तीन हजार बढी मान्छे सर्प हेर्न आउन थालेका थिए । पछि सर्पले प्राकृतिक वासस्थान नपाएपछि मर्‍यो ।”

नेपालका अनुसार सर्प रातको समयमा देखिएको हो । कतिपय फोटोमा लाइट देखिएको छ भने कतिपयमा देखिएको छैन । सम्भवतः मन्दिरकै लाइट वा फोनको फ्ल्याशलाइट मार्बलमा ठोक्किंदा त्यसको परावर्तन देखिएको हुन सक्ने उनले सुनाए ।

नेपालको कुरामा समर्थन जनाउँदै मण्डलले भने, “संसारमा अहिलेसम्म कतै पनि नागमणिको अवशेष फेला परेको छैन । १६ औं शताब्दीमा लिखित हिन्दु धर्म को लघुकथा र बलिउड फिल्ममा मात्रै यसको वर्णन भेटिन्छ ।”

“वीरगन्जको जुन मन्दिरमा नागमणि भेटिएको प्रचार गरिएको छ, त्यो मन्दिरको उचाई बढी भएको र वरिपरिको क्षेत्रमा पानी भरिएकाले सर्प पानी नभएको सुरक्षित स्थान अथवा मुसाको खोजीमा त्यहाँ गएको हुनु पर्छ । फोटोमा मोबाइलको फ्ल्याश लाइटको रिफ्लेक्सन भएको प्रस्टै देखिन्छ र ग्रेनाइट वा मार्बलमा त्यसरी प्रकाश परावर्तन हुनु स्वभाविक हो ।”

यसरी सामान्य सर्पलाई नाग भनेर प्रचार गर्दा केही व्यक्तिलाई आर्थिक फाइदा भए पनि पारिस्थितिक प्रणालीमा भने गम्भीर समस्या निम्तिने नेपालको भनाइ छ । “यसरी सर्प समात्दै थुनेर पूजा गर्न थालियो भने पक्कै पनि यसको सङ्ख्या घट्दै जान्छ,” नेपालले अगाडि भने, “खेतबारीमा हुने सर्प, भ्यागुता र अन्य किरा खाने सर्प कम भए उब्जनी पनि कम हुन्छ ।”

स्थानीय पत्रकार राधेश्याम पटेलका अनुसार नागमणि भेटिएको भन्दै प्रचार गरिएको मन्दिर नयाँ बनेको मन्दिर हो । त्यो मन्दिर जग्गाका कारणले विवादित छ । “मन्दिर विवादित पनि छ,” पटेलले भने, “त्यही विषयलाई धार्मिक आस्थासँग जोड्ने रणनीतिका साथ त्यस्तो प्रचार गरिएको हुनपर्छ । म बुझ्न जाँदैछु ।”

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

ताजा समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav