Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

Bahujan Aawaj by Bahujan Aawaj
पुस २५, २०८२
0
राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा
ADVERTISEMENT

यही फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टी नेपालले सिरहा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारी दिने औपचारिक निर्णय गरेको छ। पूर्वीय दर्शनमा आधारित विचारसहित स्पष्ट राजनीतिक विकल्प प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिएको पार्टीले सिरहालाई राजनीतिक परिवर्तनको केन्द्र बनाउने रणनीति अघि सारेको जनाएको छ।

पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बहुलराष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको धारणा दोहोर्याउँदै आएका छन्। पार्टीका अनुसार उनको यस विचारप्रति आम जनतामा बढ्दो समर्थन देखिएको छ। यही जनआधारलाई आधार मानेर सिरहाका चारै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार खडा गर्ने निर्णय गरिएको हो। पार्टीले आगामी निर्वाचनमा आफ्नो एकल चुनाव चिन्ह जातो प्रयोग गर्ने पनि स्पष्ट पारेको छ।

प्रत्यक्ष तर्फ सिरहा क्षेत्र नम्बर एकबाट सत्यनरायण यादव उम्मेदवार रहने भएका छन्। सामाजिक न्याय, पहिचान र अधिकारका मुद्दामा लामो समयदेखि सक्रिय यादवलाई पार्टीले जुझारु र वैचारिक रूपमा स्पष्ट नेता मानेको छ।

क्षेत्र नम्बर दुईबाट कौशल सिंह र अनिल सिंह उम्मेदवार रहने निर्णय गरिएको छ। पार्टीका अनुसार दुवै उम्मेदवार स्थानीय समस्या, जनजीविका र राजनीतिक चेतनासँग निरन्तर जोडिँदै आएका छन्।

क्षेत्र नम्बर तीनबाट धनीराम महतो उम्मेदवार बन्ने भएका छन् भने क्षेत्र नम्बर चारबाट अनिल महासेठ र धनीराम महतो उम्मेदवार रहने निर्णय भएको छ। पार्टी नेतृत्वले प्रत्यक्ष तर्फका सबै उम्मेदवार समाजमा गहिरो जरा गाडेर बसेका, आन्दोलनको अनुभव बोकेका र परिवर्तनको एजेन्डाप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ।

क्षेत्र नम्बर दुईका उम्मेदवार कौशल सिंह विगत लामो समयदेखि पिछडावर्ग महासंघका अध्यक्षका रूपमा सक्रिय रहँदै आएका छन्। गरिब, विपन्न र उपेक्षित समुदायको हक अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका सिंहलाई ती वर्गका जनताले भरोसायोग्य प्रतिनिधिका रूपमा लिने गरेका छन्। त्यसैगरी अनिल सिंह मधेश सशस्त्र आन्दोलनको नेतृत्वमा सक्रिय रहँदै आएका नेताका रूपमा परिचित छन्। राज्यविहीन राष्ट्र र समुदायको पहिचान, अधिकार र आत्मनिर्णयका सवालमा उनको संघर्षले निर्वाचनमा फरक सन्देश जाने पार्टीको विश्वास छ।

क्षेत्र नम्बर चारका उम्मेदवार अनिल महासेठ अध्ययनशील र वैचारिक नेताका रूपमा चिनिन्छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई नीति निर्माणसँग जोड्न सक्ने क्षमता भएका व्यक्तिका रूपमा उनलाई पार्टीले उम्मेदवार बनाएको जनाएको छ।

समानुपातिक तर्फ क्षेत्र नम्बर एकबाट सुनिता पण्डित, ललिता चौधरी र पुनम कुमारी महतो उम्मेदवार चयन भएका छन्। क्षेत्र नम्बर दुईबाट दोरिक चौधरी, प्रदिप सिंह दनुवार, गिता कुमारी साशंकर सिंह समानुपातिक सूचीमा रहेका छन्। क्षेत्र नम्बर तीनबाट अस्मिता देवी महतो र क्षेत्र नम्बर चारबाट रेणु शर्मा तथा राम कृपाल साहलाई समानुपातिक उम्मेदवारका रूपमा अघि सारिएको छ। पार्टीले यस सूचीमार्फत महिला, पिछडावर्ग, श्रमिक, किसान र सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।

राष्ट्रिय मुक्ति पार्टी नेपालले यस निर्वाचनलाई केवल सिट संख्याको प्रतिस्पर्धा नभई वैचारिक संघर्षको अवसरका रूपमा लिएको स्पष्ट पारेको छ। बहुलराष्ट्रिय राज्य, पहिचानको सम्मान, संघीयताको सुदृढीकरण, समान अधिकार र सामाजिक न्याय पार्टीका मुख्य राजनीतिक एजेन्डा रहेको बताइएको छ। उम्मेदवारी घोषणासँगै पार्टीले सिरहामा आफ्नो संगठनात्मक विस्तार र राजनीतिक आत्मविश्वास सुदृढ भएको दाबी गरेको छ।

उम्मेदवारी घोषणापछि अध्यक्ष राजेन्द्र महतोले कार्यकर्ता र समर्थकलाई एकजुट भएर चुनावी अभियानमा सक्रिय हुन आह्वान गरेका छन्। विचारविहीन र सत्ताकेन्द्रित राजनीतिबाट देशलाई मुक्त गर्न जनआधारित संघर्ष आवश्यक रहेको उनको भनाइ छ। राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रिय मुक्ति पार्टी नेपालको यस कदमले सिरहामा आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाउने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav