Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ ।

Dilip Aahir by Dilip Aahir
पुस ७, २०८२
0
बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ ।
ADVERTISEMENT

काठमाडौँ — बंगलादेशमा जिहादी समूहद्वारा हिन्दू युवा दीपु चन्द्र दास को निर्मम हत्या गरिएको घटनाको विरोधमा राष्ट्रिय एकता अभियानले काठमाडौँस्थित बंगलादेशी राजदूतावास घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले “अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर”, “मानवअधिकारको सुरक्षा गर”, “हिन्दूको हत्या बन्द गर” जस्ता नारा लगाउँदै बंगलादेश सरकारको कडा आलोचना गरे। साथै “मोहम्मद युनुस सरकार मुर्दावाद”, “बंगलादेश मुर्दावाद”, “बंगलादेश दूतावास खारेज गर” जस्ता नारासमेत घन्काएका थिए।

प्रदर्शनलाई सम्बोधन गर्दै समाजसेवी माधव सिंहले बंगलादेशमा हिन्दू तथा अन्य अल्पसंख्यकमाथि बढ्दो हिंसा गम्भीर मानवअधिकार उल्लङ्घन भएको बताए। उनले भने, “धर्म र पहिचानका आधारमा निर्दोष नागरिकको हत्या हुनु सभ्य समाजका लागि लज्जास्पद कुरा हो। अन्तर्राष्ट्रिय समुदायले अब मौन बस्न मिल्दैन।”
त्यसैगरी, राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बंगलादेश सरकार अल्पसंख्यकको सुरक्षामा पूर्ण रूपमा असफल भएको आरोप लगाए। उनले भने, “हिन्दू समुदायमाथि लक्षित हिंसा राज्यकै कमजोरी र संरक्षणबिना सम्भव हुँदैन। यदि तत्काल अल्पसंख्यकको सुरक्षा सुनिश्चित गरिएन भने अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गरिनुपर्छ।” यादवले नेपाल सरकारलाई पनि कूटनीतिक माध्यमबाट बंगलादेश सरकारसमक्ष कडा आपत्ति जनाउन आग्रह गरे।

प्रदर्शन शान्तिपूर्ण भए पनि वातावरण तनावपूर्ण बनेको थियो। प्रदर्शनकारीहरूले बंगलादेश सरकार प्रमुख मोहम्मद यूनुसको तस्वीर जलाएका थिए। बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको हिंसा तुरुन्त रोक्न, दोषीलाई कडा कारबाही गर्न र अल्पसंख्यक समुदायको सुरक्षाको ठोस ग्यारेन्टी गर्न माग गरेका छन्।
राष्ट्रिय एकता अभियानले यस्ता अमानवीय घटनाविरुद्ध निरन्तर आवाज उठाउने र आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

तस्वीरहरु –

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav