Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

एक दिनमै गहना दोब्बर गरिदिने लोभमा ठगिए डिजिटल युगका महिला

Dilip Aahir by Dilip Aahir
कार्तिक ८, २०८१
0
ADVERTISEMENT

रौतहट ।  हातहातमा स्मार्ट मोबाइल बोक्ने महिलाहरु पुरानै शैलीको ठगीमा परेका छन् । भाडाकुँडा बेच्ने महिलाहरुको प्रलोभनमा परी रौतहट जिल्लाको केही गाउँका महिलाहरु सुनचाँदीका महँगा गरगहना गुमाएका छन् ।

भारतबाट भाडाकुँडा बोकेर सीमावर्ती गाउँमा छिरेका महिलाहरुले मिठो वचन बोल्ने, अनेक प्रलोभन देखाउने र एक दिनमै गरगहना दोब्बर बनाएर उपहार समेत दिने भन्दै दर्जनौ महिलाको सुनचाँदीको गरगहना ठगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जिल्लाको गौर, मिठुअवा, खेसरहिया, महादेवपट्टीलगायतका गाउँहरुमा भारतीय महिलाहरुको समूहले ठगी गरेको छ ।

महिलाहरु ठगिन थालेको गुनासाहरु आउन थालेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न प्रलोभन देखाएर ठगी गर्ने महिलाहरुको गिरोह यतिखेर रौतहटमा सक्रिय रहेको हुँदा सावधान रहन अनुरोध गरेको छ । सीमापारी भारतबाट आएका ३र४ जना महिलाहरुको समूहले गौर, मिठुअवा, खेसरहिया, महादेवपट्टीलगायतका विभिन्न स्थानमा गई महिला, आमा, दिदीबहिनीहरुलाई विभिन्न प्रलोभन देखाएर पायल दिँदा एक दिनपछि दुई पायल र थपमा राइसकुकर दिने, चाँदीको विच्छिया दिँदा एक दिन पछि दुई विच्छियासहित कमण्डल दिने, सुनको मंगलसुत्र, टिकासहित अन्य गहना दिँदा एक दिनपछि दुई गुना गरगहना सहित नगद ५० हजार र एउटा फ्रिज दिने भन्दै ठगी गरेर वेपत्ता भएको हुँदा त्यस्ता प्रलोभनबाट जोगिन प्रहरीले अनुरोध गरेको छ ।

प्रलोभन दिने ठग तपाईहरुको गाउँघरमा फेला परेको खण्डमा जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्बर १०० वा ९८५५०४०९९९ फोन गरी खवर गरिदिन प्रहरीले सार्वजनिक सन्देशमा उल्लेख गरेको छ । एक दिनमै गरगहना दोब्बर गर्ने र थप उपहार समेत दिने समूह ठगहरुको भएकाले त्यसबाट आफू पनि जोगिन र अरुलाई समेत जोगाउन प्रहरीले आग्रह गरेको छ । ठगी हुन थालेको २र३ दिनमै ५० लाख बढीको गरगहना ठगेर लगिएको अनुमान गरिएको छ ।

गरगहना ठगीमा संलग्न महिलाहरु समान्य किसिमको देखिन्छ । उनीहरुले बेच्ने भाडाकुँडा समेत बोक्ने गरेको बताइएको छ । ठगीमा पर्नेहरु मध्येका मानिसहरुले दुई जना महिलाको तस्बीर उपलब्ध गराएका छन् । तर त्यसको पहिचान भने खुल्न सकेको छैन । रौतहट प्रहरीका प्रहरी उपरीक्षक दिलिप घिमिरेले अपरिचित महिलाहरुको समुहले गरगहना दोब्बरगरि थप उपहार समेत दिने भन्दै ठगी गरेको जानकारी प्राप्त भएको बताएका छन् । ‘ठगिएका महिलाहरुबाट हालसम्म कुनै उजुरी प्राप्त भएको छैन’ उनले भने, ठगीमा संलग्न रहेको आंशका गरिएका महिलाहरुको व्यापक खोजी भइरहेको छ । प्रहरी उपरीक्षक घिमिरेले अहिलेको समयमा पनि तत्कालै लिएको गरगहना दोब्बर बनाएर अर्को दिनसम्म उपहारसहित फिर्ता दिने प्रलोभनमा पर्नेहरु ठगिएको बताए ।

यस प्रकारको ठगी धेरै पहिले हुने गरेको थियो । एक दिनमै नगद डेढ गुणा र दुई गुणा वृद्धि गरी दिने, गरगहनाहरु दोब्बर गरिदिने प्रकृतिको ठगी हुने गरेको थियो । तर फेरि त्यस्तो प्रलोभनमा परेर महिलाहरु ठगिएका छन् । ठगीमा परेका महिलाहरुले जनाए अनुसार भारतीय महिलाहरु जिउमा हात राख्ने, मिठा कुराहरु गरी अनेक प्रलोभन देखाउँदै गरगहना फिर्ता गर्ने भरपुर विश्वास दिने गरेको बताएका छन् । हुन त केही महिलाहरुले उनीहरुले जिउमा हात हाल्दा सम्मोहित भएको र उनीहरुले भन्ने हरेक कुरामा विश्वास लागेको बताएका छन् ।

मधेश प्रदेशका अन्य जिल्लाहरुको भारतीय सीमावर्ती गाउँहरुमा समेत यस प्रकारको ठगी हुन सक्ने प्रहरीले सचेत गराएको छ । तिहार र छठको मौकामा गरगहना दोब्बर बनाएर उपहार समेत दिने महिलाहरु देखा परे तत्काल प्रहरीलाई खबर गर्न आव्हान गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav