Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बागमतीमा ७२ हजार पशुलाई लम्पी स्किन संक्रमणविरूद्धको खोप

Bahujan Aawaj by Bahujan Aawaj
भदौ १, २०८१
0
बागमतीमा ७२ हजार पशुलाई लम्पी स्किन संक्रमणविरूद्धको खोप
ADVERTISEMENT

१ भदौ, हेटौंडा । गाईभैंसीमा लाग्ने संक्रामक रोग लम्पी स्किनविरुद्धको खोप अभियानअन्तर्गत् बागमती प्रदेशभर झण्डै ७२ हजार पशुमा खोप लगाइएको छ ।

यो खोप अभियानको लक्ष्यभन्दा ४ हजारले कम हो । बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ वटा जिल्लामा गरि ७६ हजार २७५ गाईभैंसीमा खोप लगाउने लक्ष्य राखेकोमा ७१ हजार ९७७ पशुमा खोप लगाइएको पशुपन्छी तथा मत्य विकास निर्देशनालयका निर्देशक गौरिमान श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले २५ साउनदेखि ३१ गतेसम्म ११९ वटै स्थानीय तहको समन्वयमा खोप अभियान चलाएको थियो ।

बागमती प्रदेशको १३ वटा जिल्लामा गाई/गोरु/साँढे ३६ हजार ९ सय १४, बाच्छा/बाच्छी १० हजार १ सय १३, राँगो/भैंसी १६ हजार ७ सय ३८ र पाडा/पाडी ८ हजार २ सय १२ वटा गरी ७१ हजार ९ सय ७७ वटा पशुमा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ५ हजार १ सय ३६, ललितपुरमा २ हजार १ सय ४५, भक्तपुरमा ६ सय ९४, धादिङमा ७ हजार ४ सय ९२, काभ्रेमा ८ हजार ५ सय १३, नुवाकोटमा ८ हजार ४८, रसुवामा ४ हजार ४ सय १० वटा गाईभैंसीमा खोप लगाइएको छ ।

यस्तै, सिन्धुलीमा ५ हजार ४ सय ३७, रामेछापमा ४ हजार २ सय २२, दोलखामा ७ हजार २ सय ८७, सिन्धुपाल्चोकमा १ हजार ३ सय २, चितवनमा १० हजार २ सय ७९ र मकवानपुरमा ७ हजार १२ वटा गाईंभैंसीमा खोप लगाइएको मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशु सेवा अधिकृत डा. सन्तोष अधिकारीले जानकारी दिए ।

मन्त्रालयले मकवानपुरमा ७ हजार पाँच सय, ललितपुरका लागि ८ हजार ३ सय २५, नुवाकोटका लागि ११ हजार, धादिङका लागि ६ हजार ९ सय, चितवनका लागि ८ हजार, दोलखाका लागि ५ हजार, काभ्रेका लागि ८ हजार, सिन्धुलीका लागि ८ हजार दुई सय ५० डोज खोप लगाउने लक्ष्य लिएको थियो ।

निर्देशक श्रेष्ठले वर्षातको कारण र कतिपय स्थानीय तहको भौगोलिक विकटताका कारण खोप अभियानले लक्ष्य भेट्न नसकेको बताए । `वर्षातको दिनमा ७-८ हजार पशुमा मात्रै खोप लाग्यो मौसम खुलेको दिन १३-१४ हजार पशुमा खोप लगाउन सफल भएका थियौं । स्थानीय तहको समन्वयमा खोप लगाउने कार्यक्रम जारी नै हुनेछ । लक्ष्य भन्दा बढी नै पुग्छ,´ श्रेष्ठले भने ।

गत आर्थिक वर्ष २०८०/८१ मा लम्पी स्किन रोगको संक्रमबाट बागमती प्रदेशमा ११ हजारभन्दा बढी गाईभैंसीको मृत्यु भएपछि यसवर्ष प्रदेश सरकारले रोग लाग्न सुरु हुनुअघि नै लम्पी स्किनविरुद्धको खोप अभियान सुरु गरेको मन्त्रालयका सचिव विनोद भट्टराईले जानकारी दिए ।

प्रदेशमा रहेका १० लाख ११ हजार एकसय ३६ गाई र आठ लाख ३२ हजार एकसय ९३ भैंसीलाई लम्पी रोगको संक्रमण हुन नदिन वार्षिक कार्यक्रमअन्तर्गत् नै खोप अभियान चलाइएको मन्त्रालयका भट्टराईले बताए ।

बागमती प्रदेशमा वार्षिक चार लाख ५५ हजार एक सय ४२ मेट्रिक टन दूध उत्पादन भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

बागमतीको चितवन, काभ्रे, सिन्धुली, धादिङ र मकवानपुर सबैभन्दा धेरै दूध उत्पादन गर्ने जिल्ला हुन् । प्रदेशका अधिकांश किसान गाईभैंसी पालनबाट आत्मनिर्भर छन् ।

चितवन, काभ्रे र मकवानपुरमा व्यावसायिक रुपमा गाईभैंसी फार्म सञ्चालन गर्ने किसान बढ्दो क्रममा रहेका छन् ।

विगतका वर्षमा लम्पी स्किनका कारण धेरै गाईभैंसीको मृत्यु भएकाले किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको थियो । लम्पी स्किन संक्रमणपछि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने भएकाले मन्त्रालय यसको नियन्त्रणमा गम्भीर रुपले अघि बढेको सचिव भट्टराई बताउँछन् ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष ०८०/८१ मा लम्पी स्किन रोगबाट प्रदेशका १३ जिल्लामा ११ हजार दुई सय १८ वटा गाईभैंसीको मृत्यु भएको तथ्याङ्क छ ।

३७ हजार ८९ वटा गाईभैंसी संक्रमित भएको र दुईलाख ५६ हजार सात सय ५९ पशु प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

बागमतीमा हालसम्म दुई लाख ४५ हजार दुई सय २२ र गत वर्ष ५७ हजार चार सय ३३ वटा गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको थियो ।

संक्रमणका कारण काभ्रेमा दुई हजार चार सय १२, सिन्धुपाल्चोकमा एक हजार तीन सय २८, दोलखामा एक हजार १०, सिन्धुलीमा ९ सय ४९, मकवानपुरमा पाँच सय एक, रामेछापमा ९ सय ७५, चितवनमा ४ सय दुई, धादिङमा ९ सय ५९, नुवाकोटमा १ हजार ३४, रसुवामा २ सय ३६, काठमाडौंमा ६ सय पाँच, ललितपुरमा दुई सय ४९ र भक्तपुरमा लम्पीबाट पाँच सय ८८ वटा गाईभैंसी मरेको मन्त्रालयको तथ्याङ्क छ ।

दुई स्थानीय तहमा खोप शून्य

मकवानपुरको दुई स्थानीय तहमा लम्पी स्किनविरुद्धको खोप शून्य रहेको छ । जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा गाईभैंसीमा खोप लगाउन मन्त्रालय असमर्थ बनेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुरले भौगोलिक विकटताका कारण राक्सिराङ र कैलाशमा खोप अभियान सञ्चालन गर्न नसकिएको बताए ।

उनकाअनुसार राक्सिराङ र कैलाशमा ४–४ सय वटा डोज खोप निर्धारण गरिएको थियो । कैलाश गाउँपालिकामा खोप कर्ता (भ्याक्सिनेटर) नभएकोले पनि गाईभैंसीलाई खोप लगाउन नसकिएको ठाकुरले बताए । दुवै गाउँपालिकाका स्थानीयसँग छलफलबाट पछि खोप लगाइने भएको ठाकुर बताउँछन् ।

अभियानबाट मकवानपुरमा सात हजार पाँच सय डोज खोप लगाउन ६२ भक्सिनेटर नियुक्त गरिएको थियो । तर, जिल्लाको ८ वटा स्थानीय तह (राक्सिराङ र कैलाशबाहेक)मा गरेर ७ हजार १२ वटा गाईभैंसीमा खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

हेटौंडा उपमहानगरपालिकामा १ हजार ३ सय ७५, थाहा नगरपालिकामा ५ सय ८७, मनहरीमा ८ सय ५०, बागमतीमा १ हजार २ सय, भीमफेदीमा २ सय वटा गाईभैंसीमा खोप लगाइएको हो ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकामा १ हजार ५०, बकैया गाउँपालिकामा १ हजार ५०, इन्द्रसरोबर गाउँपालिकामा ५ सय ५७ वटा गाईभैंसीमा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

राक्सिराङमा भने अन्तिममा आएर २० वटा पशुमा मात्रै खोप लगाएको तथ्यांक मन्त्रालयसँग छ । ३१ साउनको विवरणमा खोप शुन्य रहेको राक्सिराङको मन्त्रालयले अन्तिम रिपोर्ट बनाउँदा २० वटा पशुमा खोप लगाइएको तथ्यांक समावेश गरेको थियो ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

अन्तरिम सरकारका पचास दिन : जेन–जेडको आशा र असफलताको पुनरावृत्ति

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन

हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन

ताजा समाचार

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

अन्तरिम सरकारका पचास दिन : जेन–जेडको आशा र असफलताको पुनरावृत्ति

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav