Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

‘पूर्वमन्त्री रायको हत्याबाट हिन्दुवादीका असल अभिभावक गुमेको छ’

Bahujan Aawaj by Bahujan Aawaj
साउन १७, २०८१
0
‘पूर्वमन्त्री रायको हत्याबाट हिन्दुवादीका असल अभिभावक गुमेको छ’
ADVERTISEMENT

काठमांड़ौ। केही दिनअघि सर्लाहीमा नृशंस हत्या गरिएका पूर्वमन्त्री रामचन्द्र रायको ११ औँ तिथिको अवसर पारेर काठमाडौँमा बुधबार श्रद्धाञ्जलिसभा आयोजना गरिएको छ । हिन्दु गणतन्त्रवादी नेता विनय यादवनेतृत्वको राष्ट्रिय एकता अभियानले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका हिन्दुवादी नेता रायको श्रद्धाञ्जलिसभा आयोजना गरेको हो । सभामा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले मन्त्री राय सर्लाहीका मात्र नभई देशकै नेता रहेको बताउँदै उनको सरल, शान्त र इमानदार व्यक्तित्वका विभिन्न आयामबारे चर्चा गरे । राणाले नेता रायमा देशप्रति अगाध प्रेम रहेको र उनी राष्ट्रवादी चिन्तन पर्याय भएको भन्दै उनको हत्याबाट देशले एक असल व्यक्तित्व गुमाएको बताए । रायको हत्या रहस्मयी भएको उल्लेख गर्दै उनको हत्याका बारेमा सुक्ष्म तथा वस्तुपरक छानबिन गर्न उच्चस्तरीय समिति बन्नुपर्ने औंल्याए । राप्रपाका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनीले दिवंगत रायसँगको चार दशकको राजनीतिक यात्रा सम्झँदै मुलुक र जनताका पक्षमा उनले गरेका योगदानका बारेमा बेलिबिस्तार लगाए । उनले भने, ‘जनताका हितमा कार्य गर्न सदैव तत्पर रहने उहाँको हत्या स्तब्धकारी र निन्दनीय छ । हत्याबारे सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कडाभन्दा कडा कारबाही गर्न ठोस पहल हुनुपर्छ ।’ जनमत पार्टीका प्रवक्ता डा.शरदसिहं यादवले स्व. राय असल राजनीतिकर्मी भएको बताउँदै उनको हत्याको छानबिनका लागि राज्यलाई थप गम्भीर बन्नुपर्ने बताए । उनले भने, ‘पूर्वमन्त्री रायको हत्याबारे फराकिलो दायरामा छानबिन गर्न जनमत पार्टी माग गर्दछ । ’ कार्यक्रममा नेपाली जनता दलका नेता अध्यक्ष हरिचरण साहले नेता रायका प्रभावबारे आफूले बाल्यकालमै थाहा पाएको भन्दै सर्लाहीबाट राष्ट्रिय राजनीतिमा स्थापित हुनेमा उनी सधैँ अग्रपंक्तिमा रहँदैआएको बताए । अभियानका अध्यक्ष यादवले मधेश आन्दोलनका बेला नेता रायकै नेतृत्वमा मधेशका माग र मुद्दाबारे सरकारलाई बुझाइएको र त्यसपछि मात्र आन्दोलनबाट उठेका आवाज सम्बोधन गर्ने वातावरण बनेको स्मरण गर्दै तत्कालीन तमलोपा पार्टी स्थापित गर्न उनको भूमिका अतुल्य रहेको बताए । अभियानका संरक्षक समेत रहेका रायको हत्याले हिन्दुवादी आन्दोलको एउटा असल अभिभावक गुमेको अध्यक्ष यादवले उल्लेख गरे । जसपाका नेता तथा मधेश प्रदेशसभाका पूर्वसदस्य अशोक यादव, अभियानका वरिष्ठ नेता बिपी यादव, यादव सेवा समितिका अध्यक्ष भुवनेश्वर यादव, पत्रकार मनोज यादवलगायतका व्यक्तिहरूले पूर्वमन्त्री यादवको हत्या देश र समाजका लागि अपूरणीय क्षति भएको बताए ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav