Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

राष्ट्रिय एकता अभियानद्वारा पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस: भ्रष्टाचार छानबिनको माग

Bahujan Aawaj by Bahujan Aawaj
असार १५, २०८१
0
राष्ट्रिय एकता अभियानद्वारा पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस: भ्रष्टाचार छानबिनको माग
ADVERTISEMENT

काठमाडौँ, असार १६ – राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा विभिन्न मुद्दामा राजधानी काठमाडौँमा सार्वजनिक बहसको आयोजना गरेको छ। बहसका क्रममा तीन प्रमुख निष्कर्षहरुमा सहमति भएको छ। जसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्ने, विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गरिनुपर्ने, र बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने समावेश छ। यस बहस कार्यक्रमको अध्यक्षता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले गरेका थिए। कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेकपा एमालेका नेता माननीय योगेश भट्टराईले आफ्नो मन्तव्य राखे। उनले बीआरआई ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने आवश्यकता औंल्याए। यसबाहेक पूर्व मन्त्री ओमप्रकाश यादव गुलाजारी, संविधान सभा सदस्य एवं अभियानका वरिष्ठ नेता वीपी यादव, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेल, अभियंता संतोष देउजा लगायतले पनि आ-आफ्ना विचार प्रस्तुत गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य अभियानका केंद्रीय सदस्य चन्द्र यदुवंशीले दिएका थिए भने कार्यक्रम संचालन अभियानका युवा नेता दिवस पटेलले गरेका थिए। कार्यक्रम पश्चात् सहभागीहरूले तिब्बतीकरण रोक, चिनियाँ विस्तारवाद मुर्दावाद, ऋण जाल चाहिँदैन, देश बेच्न पाइँदैन जस्ता नाराहरु लगाउँदै चिनियाँ राष्ट्रपति सि जिनपिंगको पुतला दहन गरेका थिए। यस घटनाले चीनप्रति असन्तोष र पोखरा विमानस्थलको निर्माण प्रक्रियामा देखिएका विभिन्न विवादित मुद्दाहरूप्रति ध्यान आकर्षित गरेको छ। यो सार्वजनिक बहसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य र नेपालको कूटनीतिक र आर्थिक नीतिहरूमा गम्भीर बहस सुरु गराएको छ। अभियानका नेताहरूले सरकारले यथाशीघ्र यी निष्कर्षहरूलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

बोक्सीको आरोपमा  महिलामाथि क्रूरता: मलमूत्र खुवाएर मानवता नै लज्जित ।

बोक्सीको आरोपमा महिलामाथि क्रूरता: मलमूत्र खुवाएर मानवता नै लज्जित ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav