Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

Dilip Aahir by Dilip Aahir
बैशाख २०, २०८३
0
मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।
ADVERTISEMENT

पूर्वी धनुषाको कमला नगरपालिका–२ तेलियाहामा एक दुखद घटना सार्वजनिक भएको छ, जहाँ छोराको पक्राउपछि आमा शोक सहन नसकी निधन भएकी छन्।

स्थानीय रामकिशुन दासकी ५५ वर्षीया श्रीमती बिना देवी दासले छोरामाथि मुद्दा दर्ता भई पक्राउ परेपछि गहिरो मानसिक तनावका कारण शुक्रबार दिउँसो प्राण त्यागेको परिवारजनले बताएका छन्। उनका छोरा चन्दन दासलाई गत वैशाख १० गते लगमा बजारबाट प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि ज्यान मार्ने उद्योगको आरोपमा मुद्दा दर्ता गरिएको छ।

घटनाको सुरुवात फागुन ६ गते राति करिब ९ बजेतिर एक विवाह समारोहअन्तर्गत मटकोर कार्यक्रममा भएको सामान्य विवादबाट भएको बताइएको छ। डिजेमा नाच्ने विषयलाई लिएर दुई पक्षबीच झगडा भएको थियो। चन्दन दास पक्षका अनुसार, स्थानीय दिपेश पूर्वेले मादक पदार्थ सेवन गरी असामाजिक व्यवहार गरेपछि विवाद चर्किएको थियो। बीयरको बोतल फुटाउँदा एक युवती र उनकी आमासमेत घाइते भएको दाबी गरिएको छ। त्यसपछि स्थिति झनै उग्र भई कुटाकुटमा परिणत हुँदा दिपेश पूर्वे गम्भीर घाइते भएका थिए।

दुवै पक्षबीच विवादपछि गाउँमै मिलाउने प्रयास गरिए पनि पछि राजनीतिक रंगसमेत थपिएको बताइन्छ। फागुन २१ गतेको निर्वाचन सन्दर्भमा मत दिन दबाब दिएको आरोप र प्रत्यारोपबीच झगडा भएको दुवै पक्षको भनाइ छ। हाल दिपेश पूर्वे भारत गएको बताइएको छ।

चन्दन दास पक्राउ परेपछि उनलाई छुटाउन विभिन्न जनप्रतिनिधिहरूले पहल गरेको भए पनि मुद्दा दर्ता भइसकेपछि प्रक्रिया अगाडि बढेको थियो। यता, छोराको चिन्तामा बिना देवी दासले विगत ९ दिनदेखि खाना समेत नखाई निरन्तर रोइरहेकी थिइन्। अत्यधिक तनावका कारण उनलाई हृदयघात भएको र त्यसकै कारण मृत्यु भएको परिवारजनको दाबी छ।

इलाका प्रहरी कार्यालय खजुरीको हिरासतमा रहेका चन्दन दासका दुई छोरी र एक छोरा छन्। आर्थिक रूपमा कमजोर दलित परिवारका उनीहरू जीविकोपार्जनका लागि अरूको खेतमा काम गर्ने गरेका छन् भने चन्दन बजारमा व्यापारीहरूको रकम संकलन गर्ने काम गर्थे।

परिवारले विभिन्न नेताहरूलाई सहयोगका लागि आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। साथै, दिपेश पूर्वे एक राजनीतिक दल निकट रहेको र सोही दबाबमा मुद्दा दर्ता गरिएको आरोपसमेत लगाइएको छ।

प्रहरीका अनुसार, उक्त घटनामा थप ७ जनालाई प्रतिवादी बनाइएको छ, जसमा अन्य आरोपीहरू भने हाल फरार रहेका छन्।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav