जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसहमतीले पारित भएको छ ।
विहीबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको हो ।
नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रतिपक्ष दलका सांसदसंगै सत्तापक्षका सांसदहरु पनि त्रुटीहरु औल्याएका थिए । छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले सुधार गर्ने आवश्वासन दिएका थिए ।


















