सिरहा । आज मिति २०८२–१०–१७ गते सुखिपुर नगरपालिकामा नेपाली कांग्रेसको नगरस्तरीय चुनावी सम्पर्क कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम नेपाली कांग्रेस सुखिपुर नगरपालिका नगर सभापति मिथुन कुमार यादवको अध्यक्षतामा तथा सिरहा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्री रामचन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ अगुवा नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, सुखिपुर नगरपालिका–८ का वडा अध्यक्ष पदका प्रत्याशी नागे चौधरी, जनमत पार्टीका तर्फबाट वडा सदस्य पदका प्रत्याशी रामनारायण यादव, नेकपा एमालेका नेता रामशरण यादव, तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जिल्ला सदस्य एवं उपमेयर पदका प्रत्याशी देव किशुन यादव र राज कुमारी यादव लगायत रहेका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री रामचन्द्र यादवले नेपाली कांग्रेस लोकतन्त्र, समावेशिता र विकासको पक्षमा रहेको पार्टी भएको उल्लेख गर्दै नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्नुभयो। उहाँले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो।कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।


















