सुखीपुर (सिरहा) । सिरहा क्षेत्र नं. २ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्ला सभापति राम चन्द्र यादवलाई सर्वसम्मत रूपमा उम्मेदवार तय गरेको छ।
मंगलबार नवराजपुरमा बसेको कांग्रेस सिरहा–२ का पदाधिकारी, पूर्व पदाधिकारी, क्षेत्र, प्रदेश, नगरपालिका तथा वडा कार्यसमितिको संयुक्त बैठकमा सभापति यादवले उम्मेदवारीका लागि आफ्नो नाम प्रस्ताव गरेका थिए। बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गर्दै उनलाई क्षेत्र नं. २ को आधिकारिक उम्मेदवार घोषणा गरेको हो।
सुखीपुर नगर सभापति मिथुन यादवका अनुसार समानुपातिक प्रणालीतर्फ चित्रलेखा यादव र राष्ट्रिय सभातर्फ अमय कुमार यादवको नाम सिफारिस गरिएको छ।
जिल्ला सभापति राम चन्द्र यादव यसअघि संविधानसभा सदस्यमा विजयी भइसकेका अनुभवी नेता हुन्। आउने प्रतिनिधिसभा निर्वाचनमा पनि उनी नै कांग्रेसको तर्फबाट प्रतिस्पर्धामा उत्रिनु पार्टीभित्र एकता र सहमतिको सूचक मानिएको छ। तस्वीरहरु –
























