Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेश प्रदेश ZEN-Gका संयोजक शिव यादवको बिशेष पहलमा सवा करोड लगानीमा कमलामा डाइभर्सन बनाइँदै

Dilip Aahir by Dilip Aahir
मंसिर १७, २०८२
0
मधेश प्रदेश ZEN-Gका  संयोजक शिव यादवको बिशेष पहलमा  सवा  करोड लगानीमा कमलामा डाइभर्सन बनाइँदै
ADVERTISEMENT

काठमाडौं। सिराहाको कमला खोलामा सर्वसाधारणको आवत–जावत सहज बनाउन सरकारले तत्कालका लागि अस्थायी डाइभर्सन निर्माण प्रक्रिया अघि बढाएको छ। हुलाकी सडक निर्देशनालयअन्तर्गत योजना कार्यालय जनकपुरले आइतबार डाइभर्सन निर्माणका लागि ठेक्का आह्वान गर्दै सूचना प्रकाशित गरेको हो।

कार्यालयका अनुसार यो काम इमरजेन्सी प्रकृतिको भएकाले छिटो सम्पन्न गर्नुपर्नेछ। ठेक्का सूचनामा १ महिनाभित्र डाइभर्सन निर्माण सक्नुपर्ने उल्लेख छ।
इञ्जिनियर महतोका अनुसार कमला खोलामा ग्याभियन भराई गरी त्यसैका माथि डेढ मिटर उचाइको संरचना बनाइनेछ। करिब ५० मिटर क्षेत्रमा ह्युम पाइप ओछ्याएर माटो–ग्राभेलले ढाकी अस्थायी बाटो संचालनमा ल्याउने योजना छ।

कमला खोलामा सिराहा र धनुषालाई जोड्ने पुल २०७८ असार १७ गते सञ्चालनमा नआउँदै भासिएको थियो। करिब एउटा दशकपछि बनेको त्यो पुल उद्घाटन हुनै लाग्दा दुर्घटनाग्रस्त बनेको थियो। पुलको सिराहा पक्षका दुई पिलर भासिएर चार स्ल्याब क्षतिग्रस्त भएका मध्ये दुई हटाइएका छन् भने दुई अझै हटाइबाकी छन्।
पुल भासिएपछि पछिल्ला चार वर्षदेखि स्थानीयबासी डुँगाको भरमा जोखिम मोलेर खोला तर्दै आएका छन्।

यही अवस्थाले जनजीवन कष्टकर बन्दै गएपछि पक्की पुल पुनर्निर्माण सम्पन्न नहुँदासम्म उपयोग गर्न सकिने गरी अस्थायी डाइभर्सन निर्माण गर्न लागेको जानकारी अधिकारीहरूले दिएका छन्।

सिराहा–धनुषाका स्थानीयको गुनासो तथा मधेश प्रदेश GENZ संयोजक शिव यादवको आग्रहपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता, GENZ अगुवा सुदन गुरुङलगायतको टोलीले मंसिर ५ गते स्थल निरीक्षण गरेको थियो।
मन्त्री घिसिङले स्थायी पुल बन्ने समयसम्म जनताका लागि सुरक्षित अस्थायी संरचना निर्माण गर्ने आश्वासन दिएका थिए।
उनकै निर्देशनअनुसार अहिले डाइभर्सन निर्माण अघि बढाइएको हो।

हुलाकी राजमार्गअन्तर्गत सिराहा–जनकपुर दूरी ३१ किमी मात्रै रहेको छ। कमला खोलाको पुल सञ्चालनमा रहेमा सिराहा सदरमुकामबाट जनकपुर पुग्न करिब आधा घण्टा लाग्थ्यो। तर पुल भासिएपछि हाल जनताले महेन्द्र राजमार्ग हुँदै करिब ९० किमी मार्ग पार गर्न बाध्य छन्।

कमला खोलाको पुल निर्माणका लागि सरकारले २०६८ जेठ २४ गते पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७१ मंसिरमा पुल सकिनुपर्थ्यो, तर निर्माण व्यवसायीले पटक–पटक म्याद थपेर पनि काम सम्पन्न गर्न सकेन।
आठौँ पटक म्याद थपिएको अवधि गत असारमा सकिएको छ। निर्माण कम्पनीले फेरि म्याद बढाइदिन प्रस्ताव गरेको भए पनि सरकारले हालसम्म निर्णय नगरेको बताइएको छ।

हालसम्म कुल २० करोड ४३ लाख रुपैयाँ (भ्याटसहित) भुक्तानी भइसकेको छ। पुलको भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ८२ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
१२ स्पान रहेको ४६९ मिटर लामो सो पुल डिजाइन–बिल्ड मोडमा ठेक्का गरिएको हो। पुलसँगै दुवै किनारमा १३०० मिटर नदी नियन्त्रण संरचना र २०० मिटर पहुँच मार्ग निर्माण गर्नुपर्नेछ।

साभार – क्लिकमाण्डु डटकम बाट

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav