Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गुण्डा शैलीमा कर्मचारीलाई धम्क्याउने जेनजीका ‘जननेता’ आफैं ठग प्रमाणित, ५ उजुरी दर्ता

Bahujan Aawaj by Bahujan Aawaj
अशोज २९, २०८२
0
गुण्डा शैलीमा कर्मचारीलाई धम्क्याउने जेनजीका ‘जननेता’ आफैं ठग प्रमाणित, ५ उजुरी दर्ता
ADVERTISEMENT

काठमाडौँ — जेनजी आन्दोलनपछि आफूलाई ‘जनअनुगमनकर्ता’का रूपमा प्रस्तुत गरिरहेका अछामको पञ्चदेवल विनायक नगरपालिका–४ अर्जुनबहादुर शाही पछिल्लो समय सरकारी कार्यालयहरूमा धम्कीमूलक शैलीमा घुसपैठ गर्दै हिँडिरहेका छन्।

नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेर उनले कर्मचारीहरुलाई ‘राजीनामा दे’, ‘थुतेर ल्याउँछु’, ‘हट नत्र काम गर्न आउने आउँछ’ जस्ता धम्की दिएर आतंकित बनाईरहेको भीडीओ पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल भईरहेका छन्।

२६ वर्षीय शाहीले अनुगमन र ज्ञापनपत्र बुझाउने नाममा दैनिक सरकारी कार्यालय धाउने क्रम जारी छ। उनी सरकारी अधिकृतहरूसँग उफ्रिँदै, प्रश्नको नाममा धम्की दिँदै र ‘जनताको आवाज’ भन्दै हुलिया प्रदर्शन गर्दै देखिन्छन्।

नागरिक उड्डयन प्राधिकरणमा पुगेको भिडियोमा शाही महानिर्देशक प्रदीप अधिकारीमाथि सोझै उफ्रिन्छन्। ‘संस्था किन घाटामा गइरहेको?’ भनेर प्रश्न गरेपछि अधिकारीले ‘कहाँ घाटा भयो?’ भनेर जवाफ फर्काउँछन्। त्यसपछि शाहीको स्वर धम्कीपूर्ण बन्छ— ‘संसदीय छानबिन समितिले १५ अर्ब घोटाला गरेको भनेर किटान गर्दा पनि एक्लै च्यालेन्ज गरेर बस्ने?’ उनले अधिकारीलार्य ‘काम गर्न नसक्ने मान्छे किन बस्ने? ठाउँ खाली गर।’ भन्दै धम्क्याएको पनि सुनिन्छ।

यतिमात्रै होइन, शाहीले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई त घरबाटै थुत्नेसम्मको धम्की दिएको देखिन्छ, सुनिन्छ। वायु सेवा निगमको कार्यालय पुगेर शाहीले प्रमुखहरूलाई यहाँ बोलाउनुस् भनेर थर्काएका थिए। शाहीले निगमका कर्मचारीलाई धम्क्याउँदै भनेका छन्–‘यो सबै नाटक हो, बोलाउनुस्, नत्र थुतेर ल्याउँछु घरबाट।’

शाहीको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालसमेत पुगेको थियो। उनीहरूले कर्मचारीलाई थर्काउँदै प्रमुखलाई भेट्न पाउनु पर्ने बताउँछन्। ‘हामी संवैधानिक निकायहरू सबैमा बिना अनुमति प्रवेश गर्छौं, अख्तियार किन अपवाद?’ भन्ने शाहीको अभिव्यक्ति संस्थागत मर्यादामाथिको स्पष्ट आक्रमण मानिएको छ।

उनै शाही आफु भने ठग भएको पाईएको छ। उनको नाममा हालसम्म पाँचवटा उजुरी दर्ता भइसकेका छन् — दुई वैदेशिक ठगीका र तीन चेक बाउन्सका। पहिलो घटना श्रीकृष्ण फुयालले दायर गरेका हुन्, जसमा शाहीले कम्प्युटर र क्यामेरा लिएर ३ लाख ८० हजार रुपैयाँको चेक दिएका थिए। तर खातामा रकम नहुँदा उक्त चेक बाउन्स भएको थियो।

दोस्रो उजुरी रोजिना थापाले २०७८ पुस २७ मा सिटिजन्स बैंकको १० लाख ३० हजार रुपैयाँको चेक बाउन्स भएको भन्दै प्रहरीमा दिएकी थिइन्। तेस्रो घटना विद्या श्रेष्ठसँग सम्बन्धित छ — उनले शाहीमाथि १० लाख रुपैयाँ सापटी लिएर प्रभु बैंकको खाताबाट चेक दिएको तर रकम नहुँदा २०८२ वैशाख २३ मा उजुरी दर्ता गरेकी थिइन्।

चौथो उजुरी बौद्ध प्रहरी वृत्तमा परेको थियो, जसमा शाहीमाथि ७ लाख बराबरको चेक बाउन्सको आरोप छ। पाँचौं उजुरी भने वैदेशिक ठगीसम्बन्धी हो — उनले जापान पठाउने बहानामा विभिन्न युवायुवतीबाट ८ लाख रुपैयाँ असुलेका थिए, त्यसपछि २०८२ वैशाख २८ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको थियो।

यी सबै उजुरीमा शाही कहिले धरौटीमा, कहिले ‘गम्भीर रोगी’ भन्दै अस्पताल भर्ना भएर सजिलै रिहा हुँदै आएका छन्। यसरी कानुनी प्रक्रियाबाट बारम्बार उम्किन सक्ने उनको शैलीले ठगी र अपराध दुवैलाई राजनीतिक संरक्षणको आडमा निरन्तरता दिइरहेको देखिन्छ।

राजनीतिक अभिनय र असफलताको कथा
शाहीले २०८१ वैशाख १५ मा इलाम–२ को उपचुनावमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। ‘डोजर’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका उनीले जम्मा ५५ मत मात्र पाए। राजनीतिक असफलतापछि उनले ‘युट्युबर एक्टिभिस्ट’को रूप धारण गरे — जहाँ माइक र क्यामेरा बोकेर सरकारी निकायमा धावा बोल्ने उनको नयाँ भूमिका सुरु भयो।

जेनजी आन्दोलनपछि शाहीलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेको घोषणापछि शीतल निवाससम्म पुर्याइयो। त्यहाँ उनले जेनजी अगुवा सुदन गुरुङसँगै ‘जनताको प्रतिनिधि’को रूपमा हात समाएर फोटो खिचाए। तर त्यो फोटो हेर्ने पीडितहरू भन्छन् — ‘ठगहरू रेड कार्पेटमा, हामी अझै मुद्दाको प्रतिक्षामा।’

अर्जुनबहादुर शाहीको कथा केवल एक व्यक्तिको होइन, यो आन्दोलनको नाममा ठगी, धम्की र आत्मप्रचारको नयाँ प्रवृत्ति को प्रतीक हो। उनले जनताको आवाज होइन, व्यक्तिगत अराजकता र प्रतिशोधको राजनीति बोकेका छन्। सरकारी संयन्त्रभित्र भय र भ्रम सिर्जना गरेर आफूलाई ‘जननायक’का रूपमा बेच्ने यस्ता पात्रहरूले राज्य संयन्त्रको नैतिकता र अनुशासन कमजोर बनाइरहेको विश्लेषकहरुको भनाई छ।

साभार -शीर्षखबरडटकम बाट ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav