Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कम पढेलेखेका देशमा बढि सेयर भयो भिडियो, ह्वेलले प्रशिक्षक जेसिका मारेको भन्दै भाइरल भिडिओ फेक,

Dilip Aahir by Dilip Aahir
साउन २७, २०८२
0
कम पढेलेखेका  देशमा बढि सेयर भयो भिडियो,  ह्वेलले प्रशिक्षक जेसिका मारेको भन्दै भाइरल भिडिओ फेक,
ADVERTISEMENT

काठमाडौँ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एक समुद्री प्रशिक्षक जेसिका र्‍याडक्लिफलाई ओर्का (किलर ह्वेल) ले मारेको दाबीसहितका भिडिओ भाइरल भइरहेका छन् । विश्वव्यापी रूपमा अर्बौं पटक हेरिएका यी भिडिओ डिजिटल साक्षरता कम भएका देशमा बढी चर्चित छन् ।

भाइरल भएका विभिन्न फुटेजमा एक प्रत्यक्ष कार्यक्रमका दौरान ह्वेलले एक महिलामाथि आक्रमण गरेको देखिन्छ । तर, विभिन्न सञ्चार माध्यमले गरेको तथ्य-जाँचबाट यो घटना कहिल्यै नभएको र भिडिओ पूर्ण रूपमा बनावटी भएको पुष्टि भएको छ ।

यतिसम्म कि जेसिका र्‍याडक्लिफ नाम गरेकी कुनै प्रशिक्षकको अस्तित्व रहेको कुनै आधिकारिक रेकर्ड, समाचार वा विश्वसनीय स्रोत फेला परेको छैन । विशेषज्ञले यो भिडिओ एआई प्रविधिको प्रयोग गरी बनाइएको झुटो सामग्री भएको बताएका छन् । यस घटनाले भ्रामक तथा मिथ्या सूचना अनलाइनमा कति छिटो फैलिन सक्छ र एकपटक भाइरल भएपछि त्यसलाई सच्याउन कति गाह्रो हुन्छ भन्ने देखाएको छ ।

प्रशिक्षक वा आक्रमणको कुनै रेकर्ड छैन

भाइरल भिडिओको केन्द्रमा रहेको कथा अनुसार र्‍याडक्लिफलाई दर्शककै अगाडि ओर्काले आक्रमण गरेको थियो । तर, ‘भोकल मिडिया’ लगायतका तथ्य-जाँच गर्ने संस्थाले समुद्री पार्कको इम्प्लोई रेकर्ड, सार्वजनिक डेटाबेस वा कुनै पनि समाचारमा र्‍याडक्लिफको नाम फेला पारेनन् । समुद्री सुरक्षा रिपोर्टमा पनि यस्तो कुनै घटना उल्लेख छैन ।

भिडिओको विश्लेषण गरेका विज्ञहरूले यसमा एआई-सिर्जित अडियो र असम्बन्धित पुराना फुटेज जोडिएको पत्ता लगाएका छन् । ‘द स्टार’ पत्रिकाका अनुसार केही भिडिओमा पानीमा महिनावारीको रगतका कारण ह्वेल उत्तेजित भएको जस्ता अवैज्ञानिक र अप्रमाणित विवरण थपेर घटनालाई थप सनसनीपूर्ण बनाउने प्रयास गरेका थिए । विज्ञका अनुसार यस्ता भावनात्मक विवरण थपेर मानिसलाई भ्रामक सामग्री शेयर गर्न प्रोत्साहित गरिन्छ ।

यो झुटो कथालाई विश्वसनीय देखाउन विगतमा भएका वास्तविक घटनाबाट केही अंश मिसाइएको देखिन्छ । सन् २०१० मा फ्लोरिडाको सीवर्ल्डमा प्रशिक्षक डन ब्रान्चोको ओर्कासँगको भिडन्तमा मृत्यु भएको थियो । त्यस्तै सन् २००९ मा स्पेनको टेनेरिफस्थित एक समुद्री पार्कमा प्रशिक्षक एलेक्सिस मार्टिनेज मारिएका थिए । यी दुवै घटना व्यापक रूपमा रिपोर्ट गरिएका थिए र ‘ब्ल्याकफिस’ जस्ता डकुमेन्ट्रीमा पनि देखाइएको थियो ।

विभिन्न अध्ययनले देखाए अनुसार मिथ्या समाचारले प्रायः वास्तविक घटना वा स्रोतबाट अंश लिएर आफूलाई विश्वसनीय देखाउने प्रयास गर्छन् । यसले समुद्री जनावरको व्यवहारबारे जनमानसमा गलत सूचना फैलाउने, जनावरलाई बन्दी बनाउने विषयमाथिको बहसलाई कमजोर पार्ने र वास्तविक पीडितका परिवारलाई अनावश्यक पीडा दिने जोखिम बढाउँछ ।

सामाजिक सञ्जाल कम्पनीले यस्ता झुट र एआई-सिर्जित सामग्रीलाई रोक्न नसकेको भन्दै आलोचना खेपिरहेका छन् ।

नेपालका सन्दर्भमा पनि तिनै भिडिओ शेयर गर्दै प्रयोगकर्ताले थप भ्रम छरेको देखिन्छ । खासगरी टिकटक भिडिओ, फेसबुक तथा इन्स्टाग्राम रिल्समा पनि यी क्लिप पुनः अपलोड गरेका छन् । सञ्चार माध्यम दाबी गर्ने केही फेसबुक पेजले भिडिओ समेत तयार पारेका छन् ।

यही भारइरल भिडिओलाई लिएर तथ्य-जाँचकर्ताले एआई-निर्मित सामग्रीमा स्पष्ट लेबल लगाउन र छिटो कारबाही गर्न माग गरिरहेका छन् । प्रयोगकर्ताले अञ्जानमा वा जानजान यस्ता एआई सिर्जित भ्रामक सामग्री एआई लेबल बिनै शेयर गरेको पाए त्यसलाई तत्काल लेबल लगाउने व्यवस्था मिलाउन आवाज उठाइरहेका छन् ।   साभार – टेकपाना डटकम बाट ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav