Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

एयर इण्डियाको विमान दुर्घटनाः पूर्व मुख्यमन्त्रीसहित २४२ जना यात्रुको भाग्य अन्योलमा

Dilip Aahir by Dilip Aahir
जेष्ठ ३०, २०८२
0
एयर इण्डियाको विमान दुर्घटनाः पूर्व मुख्यमन्त्रीसहित २४२ जना यात्रुको भाग्य अन्योलमा
ADVERTISEMENT

काठमाडौँ– गुजरातको अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एअर इण्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान आज दिउँसो टेकअफ गरेलगत्तै मेघानीनगर क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरूको भाग्य अहिलेसम्म अन्योलमा छ।

विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ। उनीसहित २४२ जना यात्रु र चालक दलका सदस्यहरू विमानमा रहेको बताइएको छ।

विमान टेकअफ गरेपछि करिब ६२५ फिट उचाइमा पुगेको र त्यसपछि तत्काल ‘मेडे’ सन्देश पठाइएको एटीसी (एयर ट्राफिक कन्ट्रोल) स्रोतहरूले जनाएका छन्। मेडे सन्देश दिएको केही सेकेन्डपछि विमानसँग सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

टेकअफको छोटो समयमा विमान अचानक नियन्त्रण गुमाएर मेघानीनगर क्षेत्रमा खसेको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार विमान जमिनमा खसेपछि ठूलो विष्फोट भएको थियो र विमान आगोको ठूलो मुस्लोमा परिणत भएको थियो। घटनास्थलबाट बाक्लो कालो धुवाँ आकाशमा फैलिएको देखिएको थियो।

दुर्घटनास्थलमा फायर ब्रिगेडका सातवटा गाडी, एम्बुलेन्स र एनडीआरएफ टोली उद्धार कार्यमा खटिएका छन्। विमान दुर्घटनापछि अहमदाबादका प्रमुख अस्पतालहरूलाई अलर्ट गरिएको छ र घाइतेहरूको उपचारका लागि तत्काल ग्रीन कोरिडोरको व्यवस्था गरिएको छ। घटनास्थलमा रेस्क्यु अपरेशन तीव्र गतिमा भइरहेको छ।

एयर इण्डियाले दुर्घटनाको पुष्टि गर्दै घटनाबारे सम्पूर्ण विवरण संकलन भइरहेको जनाएको छ। प्रारम्भिक जानकारी अनुसार विमानमा चालक दलसहित २४२ जना थिए। भारतीय गृहमन्त्री अमित शाहले घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग कुराकानी गरेका छन् र केन्द्र सरकारबाट सबै प्रकारका सहायता उपलब्ध गराउने आश्वासन दिएका छन्। मुख्यमन्त्री पटेलले उद्धार कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन्।

एटीसी स्रोतहरूका अनुसार विमानले रनवे २३ बाट उडान भरेको थियो र टेकअफ गरेपछि तुरुन्तै ‘मेडे’ सन्देश पठाएको थियो। सन्देशपछि विमानसँग पुनः सम्पर्क गर्ने प्रयास गरिए पनि कुनै प्रतिक्रिया प्राप्त भएन। टेकअफको केही मिनेटमै विमान अहमदाबाद एअरपोर्टको परिधिबाट बाहिर निस्केर जमिनमा खसेको थियो। घटनाको कारण पत्ता लगाउन विमानको ब्ल्याक बक्सको खोजी कार्य भइरहेको छ।

अहिलेसम्म दुर्घटनाको सटीक कारण पुष्टि भइसकेको छैन। प्रारम्भिक अनुमान अनुसार टेक्निकल फेलियर वा बर्ड हिटको आशंका गरिएको छ। एअर इण्डियाले विस्तृत विवरण छानबिनपछि सार्वजनिक गर्ने जनाएको छ।

यो दुर्घटना बोइङ ७८७–८ ड्रीमलाइनर विमानको इतिहासमा गम्भीर दुर्घटनाका रूपमा दर्ता हुने बताइएको छ। एभिएसन सेफ्टी नेटवर्कका अनुसार यो विमान मोडेलको पहिलो ठूलो दुर्घटना हो। दुर्घटनास्थलबाट आएका तस्वीरहरूमा विमान केही मिनेट हावामा उडेको देखिए पनि तत्काल तल खस्दै आगो लागेको प्रष्ट देखिन्छ।

दुर्घटनापछि यात्रुहरूको अवस्था र दुर्घटनाको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ। रेस्क्यु अपरेशन जारी छ र विमानमा सवार सबैको अवस्थाबारे आधिकारिक जानकारी आउन अझै समय लाग्ने देखिन्छ। घटना सम्बन्धी सम्पूर्ण विवरणहरू आउने क्रम जारी रहेको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav