जनकपुरधाममा होली खेल्ने क्रममा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धिको स्थायी बासिन्दा पप्पु यादवका १९ वर्षीय छोराको नाम आँशु यादव रहेको छ। छुरी प्रहार गरेको आरोपमा २१ वर्षीय धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ, पक्राउ पर्ने धर्मेन्द्र महतो पनि सोहि गाँउको बासिन्दा रहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले धर्मेन्द्रलाई पक्राउ गरिएकाे पुष्टि गरे।


















