Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सम्माननीय उपराष्ट्रपति यादवसंग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटवार्ता

Dilip Aahir by Dilip Aahir
माघ ४, २०८१
0
सम्माननीय उपराष्ट्रपति यादवसंग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटवार्ता
ADVERTISEMENT

२०८१ माघ ४ गते शुक्रबार ।

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसंग भारतका महामहिम राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा शुभकामना आदानप्रदान प्रश्चात दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहयोग र सहकार्य लगायतका विषयमा छलफल भयो ।
उपराष्ट्रपति यादवले नेपाल र भारतबीच सौहाद्र्रता, मित्रता, सदभावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं वृहत सम्बन्ध रही आएको बताउनु भयो । ‘दुई देशबीचका सम्बन्धहरू सार्वभौमिक समानता, असल छिमेकीपन, आपसी सम्मान र पारस्परिक विश्वासका सिद्धान्तमा आधारित छन्’ उहाँले भन्नुभयो, ‘नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक सम्बन्ध एवं जनस्तरको घनिष्ठ सम्बन्धको शताब्दीयौं पुरानो परम्परा छ ।’
उपराष्ट्रपति यादवले हालैका वर्षहरुमा नेपाल–भारत सहयोग र विकास साझेदारीले विशेषगरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुशी व्यक्त गर्नुभयो । ‘छिमेकीलाई प्राथमिकता दिने भारतको ‘नेबरहुड फस्र्ट’ नीतिको नेपालले प्रशंसा गर्दछ, यसबाट भारतले आफ्ना छिमेकी राष्ट्रहरुलाई दिएको प्राथमिकता र महत्त्व प्रतिविम्बित हुन्छ’ उहाँले भन्नुभयो, ‘निकट छिमेकीका नाताले भारतसँग नजिकको सहकार्य गर्न पाउँदा खुशी छौं।’
उहाँले उच्चस्तरीय भ्रमणको आदान–प्रदानले हाम्रा दुई मुलुकबीचको हार्दिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सन् २०२४ मा भारतको विदेश मन्त्री र विदेश सचिवले गर्नुभएको नेपाल भ्रमण तथा गत साता भएको वाणिज्य सचिवस्तरीय द्विपक्षीय बैठक तथा यस प्रकारका अन्य द्विपक्षीय संयन्त्रहरुको बैठकले दुई देशबीच आपसी विश्वास र सहयोगको वातावरण बनेकोमा हर्षित छु।’

उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रही आएको उल्लेख गर्दै हामीले भारतबाट आर्थिक, प्राविधिक लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएको बताउनु भयो । ‘हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, जलविद्युत तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आईसीपी) र मानव संसाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्वपूर्ण छ’ उहाँले भन्नुभयो, ‘निकट छिमेकीका रुपमा हाम्रा दुई देशको विगत, वर्तमान र भविष्य जोडिएको छ, हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रो मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्दछ ।’
उहाँले नेपालको विकास प्राथमिकताहरुमा हरित, दिगो र समावेशी आर्थिक विकास हासिल गर्नुका साथै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन र मानव संशाधन विकास रहेको बताउनु भयो । ‘सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ, यस संक्रमणकालमा हामीले आफ्नो क्षमता विकास गर्नुपर्नेछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘यसका निमित्त जनताको दक्षता बढाउने, विभिन्न बस्तुको उत्पादन गर्ने तथा पूर्वाधार निर्माण गर्ने जस्ता विषय पनि हाम्रा प्राथमिकतामा छन् ।’
उहाँले प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाले नेपाल र भारतलाई शताब्दीयौंदेखि जोडेको उल्लेख गर्दै हामीले दुई मुलुकका जनताको बृहत्तर लाभको लागि स्रोतहरूको संरक्षण र परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भेटमा हाम्रा दुई मुलुक सार्क, विम्सटेक, बीबीआईएन जस्ता क्षेत्रीय तथा संयुक्त राष्ट्रसंघ जस्ता बहुपक्षीयमञ्चहरूमा पनि निकट रुपमा सहयोग र सहकार्य गर्दै आएको पनि उल्लेख गर्नुभयो । उपराष्ट्रपति यादवले भारतको ७६ औं गणतन्त्र दिवस (२६ जनवरी) को अवसरमा राजदूतमार्फत् भारतीय जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
भारतीय महामहिम राजदूत नवीन श्रीवास्तवले भारतले ‘नेबरहुड फस्र्ट’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै गहु्ँ निर्यातमा प्रतिबन्धका बाबजूद नेपालाई दुई लाख टन गहूँ निर्यातका लागि अनुमति दिएको बताउनु भयो । उहाँले भैरहवामा भारतले यसै वर्ष सम्पन्न हुने गरी एकिकृत सुरक्षा जाँच चौकी निर्माण गरिरहेको जनाउँदै नेपाललाई भारतले एक हजार चौसठी मेगावाट विजुली आपूर्ति गरिरहेको र बाढीका बेला १० वटा बेलीब्रिज पनि हस्तान्तरण गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

अन्तरिम सरकारका पचास दिन : जेन–जेडको आशा र असफलताको पुनरावृत्ति

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन

हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन

ताजा समाचार

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

अन्तरिम सरकारका पचास दिन : जेन–जेडको आशा र असफलताको पुनरावृत्ति

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav