Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

‘बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना छ’

Dilip Aahir by Dilip Aahir
भदौ २०, २०८१
0
‘बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना छ’
ADVERTISEMENT

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० अनुसार नेपाल सरकारले विक्रम सम्वत् २१०० सम्म सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य लिएको जानकारी गराउनुभयो । उहाँले मन्त्रालयको अल्पकालीन र मध्यकालीन योजनामा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराउने योजना प्रमुख रहेको बताउनुभयो ।

“मनसुन सक्रिय हुन छाडेपछि वैकल्पिक पथान्तरण सुरुङको मर्मत सम्पन्न गरी असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराइनेछ,” मन्त्री यादवले भन्नुभयो, “मेलम्चीको पानी नियमित आपूर्ति नहुँदा बागमती तथा धाप ड्यामको पानी सुन्दरीजल प्रशोधन केन्द्रमार्फत प्रशोधन गरी आपूर्ति भइरहेको छ ।”

तराई मधेस क्षेत्रमा डिपबोरिङ्गका आयोजना सञ्चालन गरी स्वच्छ खानेपानी सेवा उपलब्ध भइरहेको बताउँदै मन्त्री यादवले यसलाई थप विस्तार गर्दै लगिने जानकारी गराउनुभयो । “अधुरा तथा निर्माणाधीन आयोजना समयमा नै सम्पन्न गरी सेवा उपलब्ध गराइने योजना रहेको छ,” उहाँले भन्नुभयो ।“खानेपानी तथा सरसफाइ सेवा नागरिकको पहुँचसम्म पु¥याउने सरकारको प्राथमिकता नेपाल संविधानमा तीन तहको सरकारको साझा अधिकारको सूचीमा समावेश गरिएको छ,” सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले भन्नुभयो, “हालसम्मको प्रगतिअनुसार, आर्थिक वर्ष २०७९/८० सम्म ९४.९३ प्रतिशत जनसङ्ख्यामा आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याइएको छ भने सत प्रतिशत जनसङ्ख्यामा आधारभूतस्तरको सरसफाइ सुविधा उपलब्ध गराइएको छ । यसका साथै, २५.८१ प्रतिशत जनतामा उच्च तथा मध्यमस्तरको खानेपानीमा पहुँच पुर्‍याइएको छ ।”

उहाँले थप प्रष्ट पार्दै भन्नुभयो, “भक्तपुरको महादेव खोला, ठोस्ने खोला, सिस्नेरी खोलाको पानी वितरणको लागि सम्भाव्यता अध्ययन पूरा भएको छ र यसपछि काठमाडौँ उपत्यकामा थप पानी उपलब्ध गराइनेछ ।” सरकारले पहाडी सुक्खाग्रस्त क्षेत्रमा लिफ्टीङ आयोजना तथा तराई मधेसका जिल्लामा नदीहरूबाट थोक पानी वितरणको लागि सम्भाव्यता अध्ययन गरेर कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि उहाँले बताउनुभयो ।

सरकारले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमार्फत दीर्घकालीन खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयार गरी कार्यान्वयन गर्ने योजना बनाएको बताउँदै मन्त्री यादवले काठमाडौँ उपत्यकामा वर्षातको पानी सङ्कलन र पुनर्भरणको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav