जलेश्वर । महोत्तरीको एक पालिकाका वडाध्यक्ष सडक छेउमा मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर ८ बर्दिवास–जलेश्वर सडकखण्डस्थित महोत्तरीकै रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यष मुकेश यादव मृत अवस्थामा फेला परेका छन् ।
उनको मृत्यू कसरी भएको बारे खुलेको छैनन् भने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता सन्तु जयसवार नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको हो ।


















