नेपालको एक मात्र जयनगर–बर्दिवास रेल्वेमा एक युवकको दुवै खुट्टा काटिएको छ ।
शनिबार (हिजो ) करिब ११ः१५ बजेको समयमा धनुषाको खजुरीस्थित रेलमा दुवै खुट्टा कटेको हो । जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको रेल खजुरी स्टेशनदेखि करिब ३०० मिटर पश्चिम महुवा पटरीस्थित यो दुर्घटना भएको हो ।
रेलको छेउबाट हिँडिरहेका जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवा बस्ने स्थानीय अन्दाजी ३५ बर्षिय श्रीराम दास अचानक रेलतिरै भाग्न खोज्दा दुवै खुट्टा कटेको हो ।
महुवास्थित रेलेको छेउबाट हिडने बाटो भएकोले रेलले पटक पटक हर्न दिँदै आएको थियो । नजिकमा आएर समेत हर्न दिएपछि उनले कन्फूज भएर रेलतिरै दौडिँदा उनको खुट्टा माथिबाट रेल गुज्रेपछि दुवै खुट्टा छिनिएको रेल विभागका कर्मचारीले जानकारी दिए ।


















