जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकोहास्थित महिनाथपुर–बीरेन्द्रबजार सडकखण्डमा यदुकोहाबाट हठिपुरतर्फ गईरहेको साईकल यात्रीलाई पछाडीबाट आएको मोटरसाईकलले जोडको ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जिप्रका धनुषाका अनुसार, सोमबार साँझको समयमा तीव्र गतिमा रहेको मधेश प्रदेश ०२–००६ प ८५७५ नम्बरको मोटरसाईकलले सोही दिशातर्फ गईरहेको साईकललाई ठक्कर दिएपछि साईकल चालक अख्तर राईन गम्भिर घाईते भएका थिए ।गम्भिर घाईते भएका अख्तरलाई उपचारको लागि जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ । साईकल चालक राइन शहिदनगर नगरपालिका वडा नंं. ४ विवासी रहेको छ ।
सो दुर्घटनामा मोटरसाईकल चालक रहेका शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा बस्ने मकसुद आलमको छोरा १९ बर्षिय असरफ आलम समेत गम्भिर घाईते भएका छन् । उनको उपचार जनकपुरमा भईरहेको प्रहरीले जनाएको छ । यता, मृतक राईनको शव पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि शव परिवारजनलाई जिम्मा लगाउने बताईएको छ ।


















