Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बलात्कार मुद्दाका आरोपि मन्त्रालयका सचिव साह जेल चलान

Bahujan Aawaj by Bahujan Aawaj
असार ९, २०८१
0
बलात्कार मुद्दाका आरोपि मन्त्रालयका सचिव साह जेल चलान
ADVERTISEMENT

जनकपुरधाम ।  जबर्जस्ती करणी मुद्दाका आरोपी मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ उपसचिव रुपेश कुमार साहलाई कारागार चलान गरिएको छ ।

जबर्जस्ती करणी अभियोगमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत वरिष्ठ उपसचिव साहलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि सिन्धुली कारागार चलान गरेको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश हरि कृष्ण श्रेष्ठको इजलासले अभियुक्त साहलाई जाहेरवालीको श्रीमानसहित साक्षीहरुले दिएको बयानको आधारमा प्रतिवादी साहमाथि अभियोग दाबीको कसूरमा निर्दोष हुन भनी मान्न नसकिने अवस्था रहेको भन्दै कारागार चलान गरिएको आदेश पर्चामा उल्लेख छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका– ४ स्थित तेनुवापट्टीका ४८ वर्षीय साहमाथि जाहेरवालीले गरेको जबर्जस्ती करणी सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालयामा मुद्दा दर्ता गराएको करिब डेढ महिनापछि सो कार्यालयले अभियुक्त साहलाई पक्राउ गरेको थियो । वरिष्ठ उपसचिव साहमाथि उनीसंगै बस्दै आएका जाहेरवालीका श्रीमान सहकर्मीका श्रीमतीलाई डर, त्रास र धम्की देखाउँदै पटक– पटक बलात्कार गरेको अभियोग छ ।

सो आदेश पर्चा अनुसार अभियुक्त साहमाथि कसूर ठहरेमा उनलाई हुन सक्ने कैद जरिवाना समेतलाई मध्य नजर राख्दै पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी पुर्पक्षका लागि अभियुक्त साहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्न संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिइ कानून बमोजिम सिधा खान पाउने गरी कारागारमा पठाइएको छ ।

अदालतमा सो मुद्दा विचारधीन रहेकाले निरन्तर सुनुवाइ हुने देखिएको हुँदा जाहेरवाली र घटना विवरण कागज गर्ने मानिसहरुलगायत अनुसन्धानमा बुझिएका मानिसहरुलाई जिल्ला सरकारी वकिल कार्यालय धनुषा मार्फत उपस्थित गराउनु भनी जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्नु र अयिभुक्तको बयानमा उल्लेख गरेका साक्षी निजै मार्फत उपस्थित गराउनु भनी जानकारी गराइ उपस्थित हुन आउने साक्षीहरुको सम्पन्न गरी नियमानुसार इजलासमा पेस गर्न आदेश दिएको छ ।

अभियुक्त साहले जाहेरवालीलाई जबर्जस्ती करणी नगरेको इन्कारी बयान दिँदै उनीसंग आफ्नो प्रेम सम्बन्ध रहेको स्वीकारेका छन् । तर अभियुक्त साहविरुद्ध साक्षीहरुले समेत विरुद्धमा बयान दिएपछि सो मुद्दा लम्बिने सम्भावना देखिएको छ ।

यता, जिल्ला प्रहरी कार्यालयमा दुई महिनापछि सो मुद्दा दर्ता हुँदा जाहेरवालीको भेजिनल स्वाव परीक्षण सात दिनभित्र गर्नुपर्ने भन्दै प्रहरी कार्यालयले सो परीक्षणमा बेवास्ता गरेको देखिन्छ । जसले गर्दा सो मुद्दा लम्बिन सक्ने आधारलाई संकेत गरेको छ । अदालतमा दिएको बयानमा जाहेरवाली गर्भवती रहेकी छन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

लाउडस्पीकरको चर्को आवाजबाट साम्प्रदायिक तनाव: कपिलवस्तुमा झडप, निषेधाज्ञा लागू ।

लाउडस्पीकरको चर्को आवाजबाट साम्प्रदायिक तनाव: कपिलवस्तुमा झडप, निषेधाज्ञा लागू ।

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav