Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल

Bahujan Aawaj by Bahujan Aawaj
असार ६, २०८१
0
यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल
ADVERTISEMENT

जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन ।

गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । उपप्रधानमन्त्रीसमेत रहनुभएका महासेठले दिनुभएको म्याद सकिन एक हप्ता बाँकी रहँदासम्म पुल निर्माणको प्रगति भने शून्य छ ।

“करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै हुनुपर्यो । नभए निर्माण कम्पनीलाई कारबाही गरी नयाँ प्रक्रिया अगाडि बढाउनुस्”, पुलको निरीक्षण गर्दै उपप्रधानमन्त्री महासेठले भन्नुभएको थियो ।

वर्षा सुरु भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताउनुभयो ।

मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । विसंं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो ।

बिल्डर्सको कमाण्डमा निर्माण अन्तिम चरणमा पुगिसकेकाले विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिसकेको अवस्थामा पुल भासिएको निर्देशक महतोले बताउनुभयो । उहाँका अनुसार १३ पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो ।

पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले हालसम्म काम रोकिएको निर्देशक महतोको भनाइ छ । “सरकारी निकायको कुनै पनि ठेक्का गर्दा रु १० लाखभन्दा बढीको आयोजनामा बीमा गराउनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार पुल निर्माण कम्पनीले बीमा गराएको थियो । पुल भासिएपछि बीमा कम्पनीले क्षतिपूर्ति नदिएपछि सोही विवादका कारण काम रोकिएको छ”, उहाँले भन्नुभयो ।

निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णु शर्माले यो वर्ष पुल निर्माण सम्पन्न गर्न सम्भव नरहेको बताउनुभयो । पुल पुनःनिर्माण गर्न हालसम्म डिजाइन पास नभएकाले निर्माण सम्भव नरहेको उल्लेख गर्नुभयो ।

“पेस गरिएको डिजाइनमध्ये एउटा धनुषातर्फको पास भएको छ । केही दिनअघि मात्रै कम्पनीका तर्फबाट तयार गरिएको डिजाइन मन्त्रालयमा बुझाएका छौँ । सिरहातर्फको डिजाइन पास भएको छैन । अनि कसरी यो वर्ष काम हुन्छ ?”, प्रबन्ध निर्देशक शर्माले प्रश्न गर्नुभयो । वर्षामा नदीमा बाढी आउन सक्ने भएकाले आगामी असोज÷कात्तिकबाट निर्माण अगाडि बढाइने उहाँको भनाइ छ ।

यही असार मसान्तसम्म निर्माणको म्याद रहेको भन्दै प्रबन्ध निर्देशक शर्माले म्याद थप गरी सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बीमा कम्पनीसँग उच्च अदालत काठमाडौँमा मुद्दा चलिरहेकाले निर्माणमा ढिलाइ भएको तर्क गर्नुभयो ।

प्रबन्ध निर्देशक शर्माका अनुसार पुल भासिएपछि बीमा कम्पनीसँग रु १२ करोड क्षतिपूर्तिको माग गरिएको थियो । बीमा कम्पनीले रु दुई करोडमात्रै दिने भनेपछि, कम्पनीविरुद्ध उजुरी दिएका छौँ”, उहाँले भन्नुभयो, “उजुरीका आधारमा समस्या समाधान नभएपछि उच्च अदालत गएका हौँ । उच्च अदालतमा गत जेठ तेस्रो साता मुद्दा दर्ता गराएका छौँ ।” अहिले पुलमा सामान्य निर्माण भने भइरहेको उहाँले बताउनुभयो ।

कमला नदीमा पुल नबन्दा धनुषा र सिरहाका नागरिकको जनजीवन प्रभावित हुँदै आएको सिरहा नगरपालिका–१७ का प्रविन यादवले बताउनुभयो । “पुलका कारण बर्खाको समयमा आफ्नै खेतबारीमा पुग्न पनि गाह्रो हुन्छ । आवागमनमा सास्ती हुनुका साथै यस क्षेत्रको आर्थिकस्तर, व्यापार–व्यावसायमा कमी हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

यहाँका सर्वसाधारणलाई प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । बाढीले आवतजावत प्रभावित भएपछि सिरहाका नागरिक गम्भीर प्रकृतिको उपचार गराउन जनकपुरधाम वा कोशी प्रदेशको राजधानी विराटनगर पुग्न समस्या हुने गरेको यादवको भनाइ छ ।

सिरहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गबाट ३० किलोमिटर पर्दछ भने महेन्द्र राजमार्ग भएर जाँदा ९० किलोमिटर पर्दछ ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

ताजा समाचार

बोक्सीको आरोपमा  महिलामाथि क्रूरता: मलमूत्र खुवाएर मानवता नै लज्जित ।

बोक्सीको आरोपमा महिलामाथि क्रूरता: मलमूत्र खुवाएर मानवता नै लज्जित ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav