Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सीप सिकेर तरकारी खेतिबाट मनग्य आम्दानी गर्दै महिला

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ ४, २०८१
0
सीप सिकेर तरकारी खेतिबाट मनग्य आम्दानी गर्दै महिला
ADVERTISEMENT

राजविराज, ३ जेठ  । जिल्लाको पुर्वी भेग कोशी बगरमा सीप सिकेर महिलाहरुले तरकारी खेतिबाट मनग्य आम्दानी गर्न थालेका छन  ।  उनीहरुले दिनभरी मेहन्त गरेर तरकारी खेतिमा लागेका हुन  ।

दिनाभद्री कृषक समूह गठन गरेर स्थानीय महिलाहरु सामूहिक रुपमा साग सब्जी र फलफुल खेतीमा जुटे पछि उनीहरुको जीवनस्तरमा सुधार आएको छ  ।

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीस्थित कोशी किनारको बगरमा तरकारी खेति सुरु गरेको सोही ठाउँका दुर्गा देवी साह पनि दिनभर खेतीपाती मै व्यस्त हुन थालेको ७ वर्ष भयो । देवरैन र दुर्गा देवी मात्रै होईन । विगत ६÷७ वर्ष देखी सो वडाका अधिकाँश महिला तरकारी र फलफुल खेतीमा व्यस्त छिन् ।

आर्थिक अभावका कारण विद्यालय पठाउन नसकेका बालबालिकाहरुलाई  अहिले तरकारी खेतिको आम्दानीबाट उल्लेख्य संख्यामा विद्यालय जान थालेका छन् ।

विगतमा साहु महाजनको खेतवारीमा काम गरेर जसोतसो परिवार चलाउँदै आएको उनीहरुलाई  सेभ द चिल्डे«नको सहयोगमा समुन्नति कार्यक्रम अन्र्तगत सेभ द सप्तरी नामक संस्थाले सीप र आवश्यक सामाग्री संगै लिजमा कोशी किनारमा खेत उपल्ब गराइएका कारण उनीहरु तरकारी खेति तर्फ आकर्सित भएको देखिएको छ ।

खेतीयोग्य जग्गामा आफु सहित ३ दर्जन भन्दा बढी महिला सामुहिक खेतीमा जुटेको र यसबाट हुने आम्दानीले परिवारको लालन पालनको साथै  सन्तानको शिक्षा दिक्षामा सहज भएको दिनाभद्री कृषक समुहका राधा देवी मुखियाले बताउनुभयो ।

सेभ द सप्तरी नामक संस्थाबाट सीप संगै आवश्यक श्रोत साधन पाएपछि मौसमी तथा बेमौसी दुबै खाले तरकारी तथा फलफुल खेती गर्न आफुहरु उत्साहितका साथ लागेको  कृषक समुहका सदस्य दुर्गा देवी साहको भनाई छ ।

कोशी पलारमा कृषक समुहको आयोजनमा २४ जना सदस्य मिलेर उनीहरु साढे तीन बिगाहाबाट सुरु गरेको तरकारी खेति अहिले १५ बिगाहा जमिनमा अहिले तरकारी बालि लगाएका छन । साथै पाँच बिगाह जग्गामा तारभुज लगायतका लहरे बालि लगाएको देखिएको छ ।

उक्त तरकारी खेतिबाट त्यहाँका किसानहरुले बार्षिक लाखौको आम्दानी गर्दै आएका छन  । तरभुजा खेतिबाट मात्रै करिब पाँच लाखको आम्दानी गरेको कृषकको भनाई छ  ।

समुन्नती कार्यक्रममा अन्र्तगत सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले बिभिन्न कृषक समुहलाई खादमल,बिषादी औषधी,पानी पटाउने मैसिन,पाईप र बोरिङ किसानलाई निःशुल्क प्रदान गरेपछि उनीहरु तरकारी खेति तिर आकर्षित भएको सेभ द सप्तरीका फिल्ड अधिकृत सत्यनारायण थारुले जनाकारी दिए ।

दिना भद्री कृषक समुहकी अध्यक्ष देवरीदेवी मुिखया,सचिव राधा देवी मुखिया, कोषाध्यक्ष रेणुदेवी मुखिया,सदस्य फुलोदेवी,डामो देवी सदा सहितकाले उक्त ठाउँमा तरकारीबालीमा बिशेष गरि अहिले भिन्डी,पटुवा साग, खुर्सानी,काक्रा,प्याज,बोडि,करेला र बिभिन्न प्रकारका साग लगायतका तरकारीहरु उत्पादन गरेका छन् ।

जीविकोपार्जन गर्नका लागि कृषक समुहले लगाएको सो तरकारी खेतीबाट उनीहरु आत्मनिर्भर बन्दै गएका छन् ।

त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ मंसापुरमा बिगत ६÷७ बर्षदेखि सामुहिकरुपमा तरकारी खेति गरि मनग्य आम्दानी गर्ने गरेका छन  ।

सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले बिभिन्न कृषक समुहलाई खादमल,बिषादी औषधी,पानी पटाउने पम्पी सेट ,पाईप र बोरिङ किसानलाई निःशुल्क प्रदान गरि आफनो जीविकाउपार्जन गर्न गर्दै आएको कमलेश्वरी कृषक समुहले प्रत्येक बर्ष हिउदै बाली र लहरे बाली गर्दै आएको पाइएको छ  ।

समुहकी अध्यक्ष प्रमिला देवी साह,कोषाध्यक्ष दुर्गादेवी मंडल,सदस्यहरु ललिता देवी मंडल,अनिता मंडल,मालोदेवी सरदार र पुनमदेवी सरदार सहित १५ जना सदस्य मिलेर आफनो जिवीकाउपार्जन गर्नका लागि तरकारी खेति गर्दै आएको सेभ द सप्तरीले जनाएको छ । करिब पाँच बिगाह  उनीहरु अहिले तरकारी बाली लगाइएका छन  ।

समुन्नति कार्यक्रम अहिले जिल्लाको राजविराज नगरपालिकाको वडा नं. १, ५, १४, १५ र १६ का साथै छिन्नमस्ता, तिलाठी कोइलाडी र विष्णुपुर गाउँपालिकाको विभिन्न वडाको विपन्न वस्तीमा संचालन रहेको पाइएको छ ।

हाल सम्म ६५ विगहा भन्दा बढी खेतीयोग्य जग्गा लिजमा लिई भुमिहिन किसानलाई उपलब्ध गराउनुका साथै तालिम, विउविजन, मलखाद्य, किरामार्ने औषधी निःशुल्क उपलब्ध गराएपछि कृषक समूहमा उत्साह संगै उनीहरुको जीवनस्तरमा समेत सुधार देखिएको सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साहको भनाई छ  ।

पछिल्लो समय सेभ द सप्तरीले कृषि क्षेत्रमा चलाएको अभियानमा महिला कुषक समुहले देखाएको उत्साहजनक सहभागिता रहेको छ  ।

यसले उत्पादन बृद्धि र स्वरोजगार संगै विपन्न समुदायको शिक्षा र स्वास्थ्यमा पहुँच भई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन थप टेवा पु¥याउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav