जिल्ला महोत्तरी एकडारा गा.पा. वडा नं. ०४ स्थित प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा भारतबाट भन्सार छली गरी बिभिन्न किसिमका किराना सामानहरु नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखी उक्त सामान सोही स्थानमा छाडी फरार भएकोले प्रहरी टोलिले फेला पारी रित पूर्वक यस कार्यालयमा दाखिला गरेकोमा उक्त किराना सामानहरु को अं. मुल्य रु ७६,६३०।- (छयहत्तर हजार छ सय तीस रुपैया ) कायम गरी आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको ।
मिति २०८१/०१/३१ गते अं. १४;०० बजेको समयमा जिल्ला महोत्तरी मनरासिस्वा न.पा. वडा नं. १० स्थित नम्बर प्लेट नरहेको HONDA र PASSION PRO मोटरसाईकलको पछाडी अबैध मदिरा बाधी नेपालबाट भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्ना साथ उक्त मोटरसाईकल र अबैध मदिरा सोही स्थानमा छाडी फरार भएकोले प्रहरी टोलिले फेला पारी रित पूर्वक यस कार्यालयमा दाखिला गरेकोमा उक्त नम्बर प्लेट नरहेको मो.सा. र अबैध मदिराको अं. मुल्य रु १,९६,२००।- (एक लाख छयान्बे हजार दुई सय) कायम गरी आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय,महोत्तरी पठाईएको ।



















