भारतको मुम्बईमा एक होडिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु भएको छ भने ७० भन्दा धेरै जना घाइते भएका छन् । भारतीय मिडियामा आएका खबरअनुसार मुम्बईको घाटकोपरमा सोमबार अपरान्हतिर घटना घटेको हो ।
वर्षासहित आएको आँधीले होडिङ बोर्ड ढल्न पुगेको थियो । १२० लम्बाई र १२० मिटर नै चौडाईको होडिङ बोर्डमुनि ८८ व्यक्ति च्यापिएको मुम्बई प्रहरीले जानकारी दिएका छन् । यसमध्ये १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ४३ जना घाइतेको अस्पतालमा उपचार भइरहेको र ३० जना बढी उपचारपछि डिस्चार्ज भएको एनडीटिभीले जानकारी दिएको छ ।
पेट्रोल पम्पको अगाडि रेल्वेको जग्गामा होडिङ बोर्ड राखिएको थियो । स्थानीय प्रशासनले उत्तल होडिङ बोर्ड अवैध रहेको बताएको छ । त्यति ठूलो होडिङ बोर्ड राख्न नपाउने भन्दै बृह्न मुम्बई महानगरपालिका (बीएमसी) एक वर्षदेखि नै हटाउन सूचना दिइरहेको नगरका अधिकारीहरुले दावी गरेका छन् ।
लम्बाई तथा चौडाई ४० मिटर भन्दा बढी भएको होडिङ बोर्ड शहरमा राख्न पाइँदैन ।


















