Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पोर्चुगलमा लागुऔषध दुर्व्यसनीमा कसरी फसिरहेका छन् नेपालीहरु

Bahujan Aawaj by Bahujan Aawaj
बैशाख २७, २०८१
0
ADVERTISEMENT

काठमाडौँ– अध्ययनको लागि पाँच वर्षअघि युरोप छिरेका विवेक मगर (नाम परिवर्तन) अहिले काठमाडौँको रानीबारीस्थित आसरा सुधार केन्द्रमा छन्। पोर्चुगलमा लागुऔषध दुर्व्यसनीमा फसेपछि उनलाई गत मार्चमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उद्धार गरेर नेपाल पठाएको थियो।

सुधार केन्द्रमा राखिएपछि अवस्था पहिलेकोभन्दा सुध्रेको विवेकका बुवाले बताए। “अहिले र त्यतिबेलाको अवस्था हेर्ने हो भने त काँ हो काँ सुधार भएको छ नि,” छोरालाई भेट्न सुधार केन्द्र पुगेका उनले भने, “यहाँ ल्याउँदा हातहरू काँप्थे, बोल्न खोज्दा हड्बडाउँथ्यो, ड्रग्सले नराम्रोसँग हानेको थियो। अहिले त सद्धे भएको छ।”

काठमाडौँ गोंगबुका विवेक पढाइमा अब्बल थिए। यतैको एक कलेजबाट होटेल मेनेजमेन्टमा कक्षा १२ सकाएपछि सन् २०१९ मा उच्चशिक्षाका लागि डेनमार्क गएका थिए। उनी त्यहाँ पढाइसँगै काम गर्थे।

सन् २०२० मा विश्वभर फैलिएको कोरोना महामारीले पूरै युरोपमा लकडाउन भयो। सबै कामधन्दा बन्द भए। आर्थिक समस्या बढ्दै गयो। लकडाउन खुले पनि उनले जागिर पाएनन्। पढाइ खर्च तिर्न सक्ने अवस्था थिएन। त्यसपछि उनी अवैधानिक रूपमा पोर्चुगल प्रवेश गरे।

पोर्चुगलमा चिनजानका आफ्ना साथीहरूसँग बस्थे। त्यहाँ पनि उनले काम त गरे तर लागुऔषधमा समेत फस्दै गए। विवेकका बुवाका अनुसार ६ वर्षको अवधिमा उनले ८० हजार रूपैयाँ घर पठाएका थिए। यद्यपि, त्योभन्दा धेरै घरबाट मागे। लागुऔषधमा फसेपछि कामलाई पनि निरन्तरता दिन सकेनन्। कमाइ नहुँदा खाने बस्ने टुंगो भएन र सडकमा आइपुगे।

यस्तै, चितवनका अनिल सापकोटा (नाम परिवर्तन) पनि आसरा सुधार केन्द्रमै छन्। सुधार केन्द्रको चार महिनाको प्याकेज सकिएर फेरि चार महिना थप गरिएको छ। विवेक जस्तै पोर्चुगलमा लागुऔषध दुर्व्यसनीमा फसेका उनलाई पनि उद्धार गरिएको हो। अनिलका बुवाका अनुसार उनी एक वर्षअघि भिजिट भिसामा डेनमार्क गएर त्यहाँबाट पोर्चुगल छिरेका थिए।

“युरोपका अन्य देशमा जान मिल्ने कागजात बनाउन सजिलो हुन्छ भनेर पोर्चुगल आएको रहेछ,” चितवनबाटै फोन सम्पर्कमा उनले भने, “महिनामा १/२ पटक फोन हुन्थ्यो, उसले त सबै ठीक छ भन्थ्यो। तर नसामा धेरै डुबिसकेको रहेछ, यो खबर हामीले त्यहाँका अन्य नेपालीबाट थाहा पायौँ।”

एनआरएनए पोर्चुगलका एक पदाधिकारीका अनुसार अनिल दुर्व्यसनीमा यति धेरै डुबेका थिए कि परिवारले पनि उद्धार गर्न खासै इच्छा जनाएको थिएन। परिवारमा उनी बाँच्छन् भन्ने आशा नै थिएन। “शरीरबाट डुंगडुंग्ती गन्धा आउँथ्यो। कोही उनको अगाडि गए सुन्नै नसक्ने गाली गर्थे,” ती पदाधिकारीले भने, “उनलाई फकाएर, झुक्याएर, अनेक जुक्ति लगाएर बल्लतल्ल नेपाल पठाउन सफल भयौँ।”

बाटोको छेउमा लागु‌औषधको कारोबार गर्दै

भयावह बन्दै समस्या
एनआरएनए पोर्चुगलका उपाध्यक्ष राजुकमार गुरुङका अनुसार लागुऔषध दुर्व्यसनीमा फसेर पोर्चुगलमा सयौँ नेपाली अलपत्र छन्। “पोर्चुगलमा ड्रग्समा फसेर नेपाली भाइबहिनीहरूको अवस्था साह्रै नाजुक छ। ‘१ युरो दिनु न दाइ’ भन्दै बाटोमा माग्दै हिँड्छन्। कोही हिँड्नै नसक्ने गरेर झ्याप भएका हुन्छन्,” उपाध्यक्ष गुरुङ भन्छन्, “यस्तो दृश्य देख्दा मन कटक्क खान्छ, रिस पनि उठ्छ। उनीहरूको हर्कतले त त्यहाँ रहेका आमनेपालीलाई असर गर्छ नि।”

पछिल्लो डेढ–दुई वर्षमा मात्रै लागुऔषध दुर्व्यसनीमा फसेका सात जनाको उद्धार गरेर नेपाल पठाइसकिएको उनी बताउँछन्। नसामा लठ्ठ हुँदा लडेर चोटपटक लाग्ने, हातखुट्टा भाँचिने घटना हुन्छन्। अपराधमा संलग्न हुने क्रम बढ्न थालेको पनि गुरुङ बताउँछन्। आफन्तलाई फोन गर्न मोबाइल मागेर भाग्ने, होटेलमा बियर, खाजा खाने र पैसा नै नदिएर भाग्नेसम्मका हर्कत गर्ने उनको भनाइ छ।

यसरी लागुऔषध दुर्व्यसनीमा फसेकाहरू पार्क, पुलमुनि, राजधानी लिस्बनभन्दा अलि छेउछाउका क्षेत्र र भत्केका पुराना सरकारी भवनमा बस्छन्। जहाँ पायो त्यहीँ सुत्छन् र प्रहरीले लखेटे पनि फेरि त्यहीँ आएर बस्छन्। विशेषगरी सिनियोररोवादो मेट्रो नजिक घरका भग्नावशेष तथा ओधिविलासको गुरुद्वार र मेट्रोको पुलमुनि उनीहरूको ‘अड्डा’ हुन्छ। कोही त्यहाँ गयो भने लुक्ने, भागेर अन्तै जाने, आफ्नो समूहबाहेकका अरूसँग बोल्न नखोज्ने, तर्किने गर्छन्।

त्यहाँ गुरुद्वारा र चर्चहरूले धेरै ठाउँमा नियमितजसो सित्तैमा खाना बाँड्छन्। दुर्व्यसनीमा फसेका नेपालीहरूले त्यही खाना खाएर पेट भर्ने गुरुङ बताउँछन्।

लिस्बनको एक पुलमुनि लागुऔषध प्रयोग गर्दै। तस्वीर: वासिंटन पोस्ट

यस्तै, एनआरएनए, पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष दीपा काफ्लेका अनुसार नेपालीको अवस्थाले त्यहाँका प्रहरी पनि आजित भएका छन्। “अहिले त यहाँका प्रहरी पनि दिक्क भइसके। दुर्व्यसनीमा फसेर आपराधिक क्रियाकलापमा लाग्ने गर्छन्। चोरीका घटना बढेका छन् भन्ने गुनासो प्रहरीको छ,” उनले सुनाइन्।

यसरी दुर्व्यसनीमा फसेका नेपालीहरूले अकालमै जिन्दगी गुमाइरहेका छन्। गत हप्ता मात्रै दुर्व्यसनीकै समूहका एक जना नेपाली मृत भेटिए। लागुऔषधको मात्रा धेरै भएर ज्यान गएको मेडिकल रिपोर्टले देखाएको उनको भनाइ छ।

वरिष्ठ उपाध्यक्ष काफ्लेका अनुसार युवक मात्र नभएर नेपाली युवती पनि दुर्व्यसनीमा फस्ने गरेका छन्। बुटवल घर बताउने एक युवतीले आफू होटल म्यानेजमेन्टमा स्नातक गरेको र साथीहरूको लहलहैमा लागेर गाजा सेवनमा लाग्दा हालत बिग्रेको बताएको काफ्लेको भनाइ छ। “कसैले आफ्नो भिडियो बनाएर फेसबुकमा राखिदिन्छ कि भनेर डर लाग्छ,” ती युवतीको भनाइ उद्धृत गर्दै वरिष्ठ उपाध्यक्ष काफ्लेले भनिन्।

लागुऔषध सेवन गर्न छुट
पोर्चुगलमा लागुऔषध सेवन गर्न छुट छ। सन् २००१ मा लागुऔषध सेवनलाई अपराध नमान्ने विश्वको पहिलो देश बनेको थियो पोर्चुगल। सीमित मात्रामा गाँजा, हिरोइन, कोकिनलगायत लागुऔषध राख्न र खान पाउँछन्। तर लागुऔषधको कारोबारलाई भने गैरकानूनी हो। पोर्चुगलले लागुऔषध दुर्व्यसनीलाई अपराधको रूपमा नभएर बिमारीको रूपमा लिने गर्छ।

लागुऔषध दुर्व्यसनीविरुद्ध लामो संघर्ष गरेर पोर्चुगलको अवस्था पहिलेभन्दा सुधारिएको बताइन्छ। सन् २००१ अघि पोर्चुगलमा प्रत्येक १०० मा एक जनाले लागुऔषधको ‘हाइ डोज’का कारण ज्यान गुमाउँथे। विद्यार्थी मात्र नभई सरकारी कर्मचारी, बैंकर, डाक्टर, वकिलसमेत कुलतमा फस्दै गएपछि पोर्चुगल सरकारले कठोर निर्णय लिँदै उच्च डोजका औषधि आयातमा प्रतिबन्ध लगाएको थियो।

अधिकांश युवा दुर्व्यसनीमा फसेपछि सबैलाई कारबाही गरेर सम्भव नहुने र उपचार गर्नेभन्दा जेलमा उनीहरूको खर्च धेरै हुने भन्दै पोर्चुगलले लागुऔषध दुर्व्यसनीलाई ‘बिरामी’ भन्ने र कारोबारीलाई मात्र अपराधी किटान गरी कारबाही गर्ने कानून ल्यायो। त्यस्ता बिरामीको निःशुल्क परामर्श र उपचार गर्ने व्यवस्था गरियो।

सरकारले नै तोकिदिएका केन्द्रमा लागुऔषध प्रयोगकर्ता। तस्वीर: द गार्डियन

 

त्यति बेला उक्त कानूनको युरोपभर विरोध भयो। तर लागुऔषध सेवनलाई वैध गर्दा अहिले त्यहाँको अवस्था सुधारिएको छ। तर अवस्था सामान्य हुन भने सकेको छैन।

पोर्चुगल अहिले लागुऔषध तस्करीको केन्द्र जस्तै बनेको छ। माछाहरूमा लुकाएर बर्सेनि हजारौँ किलो हिरोइन, कोकिन, गाजाजस्ता लागुऔषधको ओसारपसार हुन्छ। त्यहाँका प्रहरीले गत मार्चमा १.३ टन र गत डिसेम्बरमा ७.५ टन कोकिन बरामद गरेका थिए। वार्षिक रूपमा प्रहरीले बरामद गर्ने लागुऔषधको मात्रा हेर्दा पछिल्लो समय पोर्चुगल ड्रग्स कारोबारको ‘हब’ बन्दै गएको देखिन्छ।

विश्वका सबैभन्दा सुरक्षित देशको सूचीको सातौँ नम्बरमा पर्ने र आर्थिक रूपमा उदयीमान पोर्चुगलमा बढ्दो रोजगारीको मागले नेपाली युवा आकर्षित गरिरहेको छ। युरोपियन युनियनका २७ देशमा प्रवेश गर्नका लागि कागजात बनाउन सजिलो हुने हुँदा पनि युरोप छिर्न चाहनेहरू पहिला पोर्चुगल जान्छन्। कोरोना महामारीपछि यो संख्या ह्वात्तै बढेको छ। एनआरएनए पोर्चुगलका अनुसार अहिले त्यहाँ ८० देखि ९० हजार हाराहारीमा नेपाली छन्। तर लागुऔषध सेवन गर्न दिइएको छुट र छ्यापछ्याप्ती ड्रग्सको उपलब्धताले केही नेपाली त्यसैमा फसेका छन्।

उद्धार गर्न समस्या
एनआरएनए पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष काफ्लेका अनुसार करिब २०० नेपाली पोर्चुगलमा लागुऔषध दुर्व्यसनीमा फसेका छन्। उनी आफैँ दुर्व्यसनीमा फसेका नेपालीहरूको उद्धारमा खट्छिन्। एक्लै तथा सीमित दुई–चार जनाको सहयोगमा उद्धार गर्नु जोखिमपूर्ण रहेको उनको भनाइ छ।

“कतिपय नेपाल फर्किनै चाहँदैनन्। खाना सित्तैमा पाइहाल्छन्, सडकमा पैसा मागेर ड्रग्स किन्छन्,” उनले भनिन्, “उनीहरूलाई उद्धार गर्न गयो भने हामीलाई नै आक्रमण गर्छन् कि भन्ने डर हुन्छ। भूत भएर बसेका हुन्छन्। कसैले त मुख छाडेरै गाली गर्छन्।”

उनका अनुसार पुर्चुगलमा दूतावास नहुँदा उद्धारमा समस्या भएको छ। सरकारले राजदूत तोक्ने कामबाहेक दूतावास खोल्ने औपचारिक प्रक्रिया अगाडि बढाएको छैन। दूतावास नहुँदा त्यहाँका सरकारी निकायसँग समन्वय गरेर उद्धार गर्न कठिनाइ भएको उनको गुनासो छ।

दुर्व्यसनीमा फसेका नेपालीहरू बस्ने टहरा

 

“दूतावास नहुँदा साह्रै समस्या भएको छ। यहाँका सरकारी निकायसँग हामीले भन्दा दूतावासमार्फत समन्वय गर्न पाए सजिलो हुन्थ्यो। कतिपय ठाउँमा हाम्रो प्रक्रिया पुग्दैन, पोर्चुगललाई हेर्दै आएको पेरिसस्थित नेपाली दूतावासले भ्याउँदैन,” उनले भनिन्।

यस्तै, कतिपय दुर्व्यसनीमा फसेकाहरूका परिवारले उद्धारमा चासो दिँदैनन्। कतिका आफन्त सम्पर्कमै आउँदैनन्। त्यसो हुँदा समयमै उद्धार गर्न नसकिने उनको भनाइ छ।

“१५/१६ जना त बाँच्दै बाँच्दैनन् जस्तो लाग्छ। घरपरिवारले पनि रेस्पोन्स गर्दैनन्। आफ्नो इज्जत जान्छ भन्ने सोच्दा रहेछन्। फोन गरेर छोराछोरीको अवस्था बतायो भने फोन काटेर पछि उठाउँदै नउठाउनेहरू पनि छन्,” उनले भनिन्।

‘बिग्रेका सन्तान विदेश नपठाउनू’
गन्तव्य देशमा गएर लागुऔषध दुर्व्यसनीमा फस्नेमध्ये धेरैजसो नेपालमै त्यस्तो संगतमा पुगेकाहरू हुन्छन्। विवेकका बुवाले बताएअनुसार विवेक कलेज पढ्दादेखि नै त्यस्तो संगतमा थिए। बीचमा लागुऔषध सेवन गर्न छाडे पनि त्यहाँ पुगेर फेरि शुरू गरेका हुन्। “हुन त नेपालमै पनि सुध्रिसकेको थियो, विदेश गएपछि थप परिपक्व होला भन्ने सोचेका थियौँ। ख्वै कहाँ बिग्रियो बिग्रियो,” उनले गुनासो पोखे।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अध्यक्ष कुलप्रसाद कार्की अधिकांश नेपाली अभिभावकहरू यस्तै सोचाइ राख्ने बताउँछन्। “छोराछोरी बिग्रिए विदेश गयो भने सुध्रिन्छ कि भन्ने धेरै नेपाली अभिभावकको मनोविज्ञान छ, यो गलत हो,” उनले भने, “यहाँ तनाव भयो भनेर गाजा, ड्रग्स खाने केटो विदेश गएर नखाने भन्ने हुन्छ त? त्यहाँ झन् धेरै दुःख हुन्छ, दुःख भएपछि तनाव होला। अनि मौका पाउने बित्तिकै अनेक कुरा खाइहाल्छ नि। हामीले देखेका यस्ता धेरै उदाहरण छन्।”

यस्तै, वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरे पनि अधिकांश नेपाली आफ्नै कारण विदेशमा दुःख पाउने र गलत क्रियाकलापमा लाग्ने गरेको बताउँछन्। वैदेशिक रोजगारी तथा पढ्न गएका आफना छोराछोरीबारे अभिभावकले पनि पर्याप्त ध्यान नदिँदा समस्या बढ्दै गएको उनको भनाइ छ।

 

“एक त यतैबाट गलत माध्यमबाट जान्छन्, रोजगारीका लागि जान खोज्नेहरू पनि एजुकेस्नल कन्सल्टेन्सी, भिजिट भिसा आदिमार्फत् जान्छन्,” उनले भने, “उनीहरू युरोप छिर्न पाए भइहाल्यो भन्ने ठान्छन्, अभिभावकको पनि त्यही चाहना हुन्छ। तर यहीँबाट गलत तरिकाले गएपछि त्यहाँ पनि भनेजस्तो हुँदैन। अनि दुर्व्यसनीमा पर्ने गर्छन्। समस्या आफैँले निम्त्याउँछन्।”

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

निधिमाथि दुर्व्यवहारको आक्रोश: जनकपुरधाममा चक्काजाम, कांग्रेस महामन्त्रीको पुतला दहन।

निधिमाथि दुर्व्यवहारको आक्रोश: जनकपुरधाममा चक्काजाम, कांग्रेस महामन्त्रीको पुतला दहन।

ताजा समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav