Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धनुषा प्रहरीको अभियुक्तलाई हिरासत छल्न विरामीको बहानामा हस्पिटलमै होटलको सुविधा

Bahujan Aawaj by Bahujan Aawaj
बैशाख २७, २०८१
0
ADVERTISEMENT

जनकपुरधाम ।  धनुषामा एक अभियुक्तलाई हस्पिटलमा राखेर होटेलको सुविधा प्रदान गरिएको भेटिएको छ। अनुसन्धान वा अभियोजनमा पक्राउ परेका व्यक्ति बिरामीको बहानामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई गृहले कडाइ गरेका बेला धनुषा प्रहरीले हिरासत छल्न एक अभियुक्तलाई डाइरिया र डिहाइड्रेसनको बहानामा हस्पिटलमा राखेर होटेलको सुविधा उपलब्ध गराएको पाइएको हो।

ठगी मुद्दाका प्रतिवादी स्थायी काठमाडौं घर भएका ५६ वर्षीय लेखनाथ वाग्लेलाई हिरासत छल्न स्वास्थ्य समस्या भएको कारण देखाएर बैशाख १६ गते आइतबारदेखि रिहा नहुन्जेलसम्म हस्पिटलमा राखिएको छ। हिरासतमा भएकालाई चिकित्सकले गरेका सिफारिससमेत असामान्य र अविश्वसनीय भएको भन्दै विरोध भइरहेका बेला जनकपुरधाम जानकी चोकस्थित रामजानकी हस्पिटलको डिलक्स कोठामा वाग्लेलाई होटेलको सुविधा दिएर राखेको पाइएको हो।

जबकि नेपाल मेडिकल काउन्सिलले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा शारीरिक एवं मानसिकरूपमा अस्वस्थ भएको र दीर्घरोगीहरू जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्था भएका बिरामीले मात्रै हस्पिटल भर्ना हुन पाउने व्यवस्था छ। तर, वाग्लेलाई बिना कुनै सिफारिस प्राइभेट हस्पिटलको डिलक्सरूममा भर्ना गराएर हिरासत छल्न बिरामीको नाटक रचिएको प्रहरी स्रोतको भनाइ छ।

गृह मन्त्रालयले सरकारी अस्पताल वा अस्पताल भर्ना गर्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेरमात्र अस्पताल राख्नु पर्ने नपर्ने सम्बन्धमा निर्णय गर्नुपर्नेमा विना सिफारिस राम जानकी हस्पिटलमा प्रहरी साथ वैशाख १६ गते दाखिला गरेर भर्ना गरी ९ दिन राखेर सरकारी वकिल कार्यालयमा मिलापत्र गरी रिहा गरिएको छ। त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टा भन्दा बढी राख्नुपरेमा उपयुक्त कारण खुलाउन मन्त्रालयले निर्देशन दिए पनि गृहको निर्देशन अटेर गरी धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नीजि हस्पिटलमा भर्ना गराउन छुट दिएको भेटिएको छ।

यता राम जानकी हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर प्रकाश चन्द्र गुप्ताले जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी सहितको टोली खटिएर भर्ना गरिदिन मौखिकरूपमा आएकाले आफूहरूले भर्ना गरेको स्वीकार गरे। हस्पिटलका सञ्चालक समिति सदस्य तथा डा. ओमशंकर यादवले लिखित रुपमा आफूहरूलाई कुनै पनि रेफर अथवा सरकारी चिकित्सकको सिफारिस नआएको खुलाए।

उनले भने, ‘मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालबाट यहाँ ल्याइएको थाहा पाएँ। तर, कुनै पनि ठाउँको रेफर पुर्जा वा चिकित्सकीय सिफारिस आएको छैन। प्रहरीको साथमा बिरामी आएको थियो, त्यसैले विरामीलाई उपचार गर्नुपर्ने सम्झेर उपचार गरी पठाएको छु।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले गृह मन्त्रालयको परिपत्र आउनुभन्दा पहिल्यै अभियुक्तलाई सरकारी वकिल कार्यालयबाट मिलापत्र भएर रिहा भइसकेको जानकारी दिए। उनले भने, ‘वादी को थिएरु कहाँको मान्छे थिए थप बुझ्न जिल्ला प्रहरी कार्यालय आउनोस् र लैजानुस्।’

हिरासत छल्न बहानाबाजी गरी अस्पताल बस्नुमा धनुषाका प्रहरी उपरिक्षक तिवारीसहित उच्चपदस्थ अधिकारीहरूको मिलोमत्तो देखिएको छ। किनकि १६ गते हिरासतमा हुनुपर्ने व्यक्तिलाई नीजि अस्पतालमा राखेर होटेल सरहको सुविधान उपलब्ध गराउनु नै शंकास्पद रहेको बेलामा जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका प्रहरी निरीक्षक उपेन्द्र खरेलसँग जिज्ञासा राख्दा पक्राउ गरेर ल्याएको वा स्वयं उपस्थित भएको बारे खुल्न चाहेनन्। उनले सबै प्रक्रिया नै पुर्‍याएर गर्नुपर्छ भने छैन भन्दै पन्छिए। खरेलले थप्दै भने, ‘बीर अस्पतालमा हुनुपर्ने मान्छे नर्भिकमा कसरी जान्छ, त्यस्तै यहाँ पनि हो।’

यता मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रबन्धक (केडी) कृष्णचन्द्र दासले प्रादेशिक अस्पतालमा डाइरिया र डिहाइड्रेशनजस्ता विरामीलाई रेफर गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पार्दै नियम विपरीत कुनै विरामी आफ्नो मनमर्जी लगिए आफूहरू पनि केही गर्न नसक्ने बताए। उनले भने, ‘कसैले मनमौजी विरामी ल्याएर लग्छ भने त्यो हाम्रो सरोकारको विषय हैन। तर, डायरियाजस्ता सामान्य विरामीलाई रेफर गरिएको छैन।’ अन्नपूर्ण पोष्टमा पत्रकार गोविन्द महतोले समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav