दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले सरकारी क्वार्टरमै अनैतिक गतिविधि गर्दै गरेको भिडिओ बाहिरिएको छ । भिडिओ अरूले सार्वजनिक नगरी उनकै कोठामा रहेकी महिलाले टिकटक लाइभबाट सार्वजनिक गरेकी हुन्।
भिडिओमा प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले स्थानीय महिलालाई राति क्वार्टरमा लगेका देखिन्छन्। उनी अर्कैकी श्रीमती हुन्।
अरुकै श्रीमतीसँग राति मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडिओमा देखिन्छ ।

आवाज सुन्दा निरौला र महिला मदिराले लठ्ठ भएका देखिन्छन्। भिडियोमा बताइएका अनुसार स्थानीय एक व्यापारीकी श्रीमती रहेकी ती महिलाले निरौलालाई ‘मेरो बुढासँग छु’ भनिरहेकी सुनिन्छ।
निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडिओ देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । निरौलाकी श्रीमती र परिवार काठमाडौंमा बस्दै आएका छन्।
क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि नगरपालिकाकै बेइज्जत भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।
प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने आफ्नो चरित्रहत्या गर्न भिडिओ भाइरल गरिएको दाबी गरेका छन्। उनले सरकारी क्वार्टरमा त्यस्तो गतिविधि नगरिएको दाबी गरेका छन्। तर, नेपाल भ्युजलाई प्राप्त भिडियोअनुसार त्यो दमक नगरपालिकाकै क्वार्टर हो।
दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडिओमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको र ठाउँ सरकारी क्वाटर भएको पुष्टि गरे । उनले यस विषयमा छानबिन गर्ने बताए। यसबारे दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस विषयमा आफू धेरै बोल्न नबोल्ने बताए।
भिडिओ हेर्नुहोस् –


















