Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहाको गोलबजारमा दलितमाथि भएको हिंसाविरुद्ध र्‍याली तथा कोणसभा सम्पन्न

Dilip Aahir by Dilip Aahir
चैत्र २, २०८२
0
सिरहाको गोलबजारमा दलितमाथि भएको हिंसाविरुद्ध र्‍याली तथा कोणसभा सम्पन्न
ADVERTISEMENT

लहान, २ चैत्र। दलित समुदायमाथि बढ्दै गएको हिंसा तथा विभेदको विरोधमा सिरहाको गोलबजारमा र्‍याली तथा कोणसभा सम्पन्न गरिएको छ। दलित विकास मञ्च (DDF) सिरहाको आयोजनामा सिरहाको गोलबजारमा आयोजित कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रममा सिरहाको गोलबजारमा ईनिसा वि.क. माथि भएको घटना तथा रौतहट जिल्लामा दलित समुदायमाथि भएको हिंसात्मक घटनाको विरोध गर्दै स्थानीय दलित अधिकारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले आवाज उठाएका थिए।

विरोध र्‍याली दलित विकास मञ्च सिरहाको कार्यालयबाट सुरु भई गोलबजार बजार क्षेत्रको परिक्रमा गर्दै गोलचक्कर पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीका क्रममा सहभागीहरूले दलितमाथि हुने हिंसा बन्द गर, विभेद अन्त्य गर, पीडितलाई न्याय देऊ लगायतका नारासहित प्रदर्शन गरेका थिए।

कोणसभामा बोल्दै मुक्ति नेपालका कार्यक्रम संयोजक विशेश्वर दासले दलित समुदायमाथि हुने हिंसा र विभेद अझै पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै यस्ता घटनालाई नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने बताए। उनले पीडितलाई तत्काल न्याय दिलाउन सम्बन्धित निकायलाई आग्रह समेत गरे।

त्यस्तै भौतिकवादी समाजका शिवकुमार महराले दलित समुदायमाथि हुने अन्याय र अत्याचार सह्य नहुने भन्दै सामाजिक न्यायका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे। दलित महिला केन्द्रकी रिता रजकले महिलामाथि हुने विभेद र हिंसा अझ बढी पीडादायी रहेको बताउँदै दलित महिलाको सुरक्षा र अधिकार सुनिश्चित गर्न राज्य तथा समाज दुवै जिम्मेवार बन्नुपर्ने बताइन्।

यसैगरी दलित विकास मञ्च सिरहाका कार्यकारी निर्देशक संजय महराले दलित समुदायमाथि हुने हिंसात्मक घटनाहरू दोहोरिन नदिन कडा कानुनी कारबाही आवश्यक रहेको बताए। उनले पीडित पक्षलाई न्याय दिलाउन नागरिक समाज र मानवअधिकारकर्मीहरूले निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्थानीय दलित समुदाय, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार दलित समुदायमाथि हुने हिंसा र विभेदको अन्त्यका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav