Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बारा–४ बाट विनय यादव उम्मेदवार बन्ने घोषणासहित राष्ट्रिय एकता दलको क्षेत्रीय सम्मेलन सम्पन्न

Dilip Aahir by Dilip Aahir
माघ ४, २०८२
0
बारा–४ बाट विनय यादव उम्मेदवार बन्ने घोषणासहित राष्ट्रिय एकता दलको क्षेत्रीय सम्मेलन सम्पन्न
ADVERTISEMENT

हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय स्वाभिमान र सुदृढ राष्ट्रिय एकताको मूल एजेन्डासहित राष्ट्रिय एकता दल बारा–४ को क्षेत्रीय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलन दलका बारा जिल्ला अध्यक्ष अकलेश कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको हो।
सम्मेलनका प्रमुख अतिथि तथा बारा–४ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादवले देश आज निर्णायक मोडमा पुगेको बताउँदै हिन्दू राष्ट्रको एजेन्डा केवल धार्मिक नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय भएको स्पष्ट पार्नुभयो। उहाँले बारा–४ लाई राष्ट्रवादी राजनीतिको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताउनुभयो।कार्यक्रममा केन्द्रीय सदस्य एवं दलित विभाग प्रमुख जितेन्द्र दासले विनय यादवलाई संघर्षशील, सिद्धान्तनिष्ठ र सबै वर्ग–समुदायलाई समेट्न सक्ने नेता भएको उल्लेख गर्दै बारा–४ बाट उहाँको उम्मेदवारीले दलित, उत्पीडित र उपेक्षित समुदायलाई नयाँ आशा दिएको बताउनुभयो।प्रदेश सचिव दिलीप गुप्ताले बारा–४ बाट केन्द्रीय अध्यक्ष स्वयं उम्मेदवार बन्नु ऐतिहासिक निर्णय भएको बताउँदै यसले राष्ट्रिय एकता दलको राजनीतिक गम्भीरता र क्षेत्रप्रति प्रतिबद्धता प्रस्ट भएको धारणा राख्नुभयो ।

राष्ट्रिय समता पार्टीका महासचिव डा. अभिषेक तिवारीले विनय यादवको उम्मेदवारीलाई राष्ट्रवादी र वैचारिक राजनीतिका लागि सकारात्मक संकेत भन्दै हिन्दू राष्ट्र र राष्ट्रिय एकताको सवालमा उहाँसँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको मन्तव्य व्यक्त गर्नुभयो।
त्यसैगरी हिन्दू परिषदका बिकी श्रॉफ, बाबा मदन मोहन दास, बजरंगी बाबा र महन्त शिवनाथ दासले बारा–४ बाट विनय यादव उम्मेदवार बन्नु केवल एक व्यक्ति चयन नभई हिन्दू सभ्यता र राष्ट्रिय अस्मिताको प्रतिनिधित्व भएको भन्दै पूर्ण समर्थन जनाएका थिए।

हिन्दू अभियन्ता ब्रिज किशोर ठाकुरले विनय यादवजस्ता स्पष्ट विचार र साहसिक नेतृत्व भएको व्यक्तित्व संसद्मा पुग्न आवश्यक रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघका अनिल गौरवले विनय यादवको उम्मेदवारीले राष्ट्रिय बहसलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो।हिन्दू स्वयंसेवक संघका ओमबाबु यादव, दलका अवधेश मण्डल, संदीप राजभर,रंजन सिंह, बिकाऊ भंडारी थारू,लगायत वक्ताहरूले बारा–४ मा विनय यादवप्रति जनसमर्थन तीव्र रूपमा बढ्दै गएको र उहाँको उम्मेदवारीलाई ऐतिहासिक विजयमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्मेलनले आगामी प्रतिनिधिसभा निर्वाचनमा बारा–४ बाट केन्द्रीय अध्यक्ष विनय यादवलाई उम्मेदवार बनाउने औपचारिक समर्थन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।कार्यक्रमको सञ्चालन दलका जिल्ला सदस्य सत्येन्द्र साहले गर्नुभएको थियो। सम्मेलनमा हजारौँको संख्यामा क्षेत्रका जनताको उत्साहजनक सहभागिता रहेको थियो, जसले बारा–४ मा राष्ट्रिय एकता दलको संगठनात्मक शक्ति र जनआधार मजबुत हुँदै गएको संकेत गरेको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav