जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ४ कि रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको पिडीत परिवारले न्यायको लागि गुहार गरेको छ ।
विहीवार राति रोशनी झा भर्याँगबाट खसेको भनी उनको माइतमा जानकारी दिनेहरुले लगत्तै फाँसी लागेको बताए पछि शंका लागेर कुरो बाहिर आएको थियो ।
यता धनुषाका एसपी रुगम बहादुर कुवरद्वारा घटनास्थलको निरिक्षण र प्रहरीको प्रारम्भिक अनुसन्धानले यो आत्महत्या होइन भन्ने प्रहरीलाई शंका लागेको बताइएको छ ।
“हत्याका आरोपीहरुले पटक-पटक अभिव्यक्ति परिवर्तन गरेकोले यो हत्या नै हो भने पुष्टि हुन्छ “,रोशनीका मामा पंकज झाको दावि छ ।
यिनिहरुले रोशनीको हत्या गरेर प्रमाणहरु जलाएर नष्ट पारेको आरोप समेत उनले लगाए । घटनास्थलमा भने रोशनीको कपडा लगायतका सामानहरु जलाइएको अवशेषहरु पनि फेला परेको छ ।
प्रशान्त मिश्रासहितका व्यक्तिहरुमाथि किटानी जाहेरी दिन पीडित परिवरजन अहिले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका छ्न् ।
एसपी कुवरको निरिक्षणको क्रममा आक्रोशित बनेको भिडले आरोपी मिश्राको बुबा रुद्र प्रकाश मिश्रलाई लखेटेका थिए ।
घटनाको सुक्ष्म जाँच गर्नुपर्ने माग गर्दै प्रहरी समक्ष परिवारजनले गुहार गरेका छ्न् ।
घटनामा आरोपिका आफन्तगरु डा.धिरज झा,मिश्राको बहिनी र भिनाजुलगायतले प्रमाण नष्ट गर्न सहयोग गरेको स्थानीयवासीहरुले बताए ।
घटना लगत्तै माइतमा जानकारी दिनुको साटो प्रमाण नष्ट गर्न पर्साहीबाट एक टिपर मान्छेलाई बोलाइएको समेत छिमेकीहरुले बताए ।
साभार – जनकपुरपोष्ट डटकम बाट


















