Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहा नरहा गाउँपालिकाका तत्कालिन हाकिम र लेखा भ्रष्टाचारी ठहर, दुवै जनाको नोकरी चैट्ट

Dilip Aahir by Dilip Aahir
माघ १, २०८१
0
सिरहा नरहा गाउँपालिकाका तत्कालिन हाकिम र लेखा भ्रष्टाचारी ठहर, दुवै जनाको नोकरी चैट्ट
ADVERTISEMENT

 सिरहा ।  सिरहाको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।

६ महिनाअघि दायर गरिएको मुद्दामा विशेष अदालतले दोषी ठहर हुने फैसला गर्दै नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भुवेशकुमार झा र लेखापाल सुरेशकुमार कुसियैतलाई कैदसहित जरिवानाको फैसला गरेको छ ।

विशेष अदालतले आइतबार अनियमितता गरेको भन्दै उनीहरूलाई सजायको फैसला सुनाएको छ । विशेष अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतलाई जनही ६–६ महिना कैद सजाय सुनाएको छ । त्यस्तै उनीहरूले बिगो रकम ६ लाख २० हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवानासमेत तिर्नुपर्ने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा जरिवानासहित कैदको फैसला सुनाएको छ । प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतलाई औषधि खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

सो उजुरीमा आर्थिक वर्ष २०७४/०७५ मा गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भई खरिद भएको ५७ प्रकारका औषधिजन्य मालसामानमा अनियमितता भएको दाबी गरिएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा नरहा गाउँपालिकाले नियोमेड इन्टरनेशनलसँग ५७ प्रकारको औषधिजन्य मालसमान खरिद गरेको थियो ।

सो मालसमानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनविना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम भुक्तानी दिएको आयोगले ठहर गरेको थियो । सो मालसामानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ताले पेस गरेको बिल बमोजिमकै भुक्तानी गरिएको देखाएको थियो ।

सो विषयमा अनुसन्धान गरी अख्तियारले चालु आर्थिक वर्षको असार २५ मा दुवैजनामाथि मुद्दा दायर गरिएको थियो । अख्तियारले ‘नरहा गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको जम्मा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनबिना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी गरी ५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट ६ लाख २० हजार ९६ रुपैयाँ बराबरका औषधिजन्य मालसामानहरू वितरण नगरीरनगराई औषधिजन्य मालसामानहरू हानिनोक्सानी गरेरगराएको हुँदा निजलाई हानीनोक्सानी भएको रकमलाई बिगो कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन हानिनोक्सानी भएको बिगो असुलउपर हुन साथै जिन्सी मालसामानको खातामा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको विबरण दाखिला गरेको बनाई बनाउन लगाई उक्त खातालाई प्रमाणित गरी सरकारलाई हानि पु¥याउने बदनियतले गलत लिखत तयार गरीरगराई कसुर गरेको पुष्टि हुन आयो’ अख्तियारको अभियोगपत्रमा उल्लेख गरेको थियो ।

सोही प्रकरणमा कुल २२ लाख ६१ हजार रुपैयाँभन्दा बढीको औषधि खरिदको भुक्तानी भएको थियो । तर १६ हजार ४१ लख रुपैयाँ मूल्य बराबरको औषधि मात्र वितरण भएको देखिएको थियो । बाँकी औषधि कहाँ रहेको भनी खुलाइएको थिएन । जसले गर्दा पालिकाको स्टोरमा पनि नभेटिएको विशेष अदालतले राय किताबमा उल्लेख गरेको छ । साभार – ईन्युजब्युरो डटकम बाट

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

ताजा समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav