Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बिधार्थीहरुले एक वर्षमा लिएर उडे १ खर्ब १७ अर्ब

Bahujan Aawaj by Bahujan Aawaj
साउन १२, २०८१
0
बिधार्थीहरुले  एक वर्षमा   लिएर उडे १ खर्ब १७ अर्ब
ADVERTISEMENT

उच्च शिक्षा अध्ययनका साथै सुन्दर भविष्यको सपनामा विदेशीने नेपाली विद्यार्थीको टिठ लाग्दो अवस्था छ। एक घरमा एक छोरी वा छोरा अध्ययनका लागि विदेश नगएको पनि भेट्टाउन मुस्किल छ ।

मानविकी संकायमा स्नातक तह उत्तिर्ण गरेपछि आफैं कमाउने र आफ्नै कमाइले परिवार पाल्ने भनी गोरखा जिल्लाबाट पढ्न आएकी रिता परियारका लागि काठमाडौं बसाई सुखद रहेन ।

कहिले जागिर पाउँनै मुस्किल, कहिले जागिर पाउँदा पनि अध्ययनमा बाधा । दुई वर्ष त्यतिकै बिताएकी उनी केही सिप नलागेपछि अन्ततः जापानी भाषा सिकेर विदेशिने निर्णयमा पुगिन् । स्वदेशमै केही गर्छु भन्ने आँट त थियो । तर, ‘काठमाडौंको यो दुई वर्षको बसाइँले म यहाँ नबस्ने निष्कर्षमा पुगे’ उनले भनिन् ।

जोरपाटी बस्ने कुमार खड्काको पनि उनको जस्तै छ, अवस्था । कुमार पनि हालै मात्र कक्षा १२ को परीक्षा दिएर बसेका छन् । नतिजा नआउँदै उनी विदेश जाने तयारीमा जुटेका छन्।

विदेश जानकै लागि उनले भाषा परीक्षाको तयारीलाई तिब्र बनाएका छन् । उनले भने,‘ मैले मेरो दिदी,दादाहरुको अवस्था देखेको छु, पढ्नु भएको छ तर, तलब २० हजार रुपैयाँ पनि छैन,न कुनै भविष्य,न कुनै योजना, कसरी र किन बस्न्ने यहाँ ? त्यसैले घरसल्लाहमा जाने तयारीमा छु ।

यस्ता प्रनिनिधिमूलक घटना प्रत्येक घरको समस्या र राज्यको प्रमुख चुनौति बनिरहेको छ ।तथ्यांकले पनि अवस्था बिकराल बन्द गएको देखाएकै छ। हरेक वर्ष वैदेशिक अध्ययन अनुमति पत्र लिनेको संख्यामा वृद्धि भइरहेको छ । शिक्षा मन्त्रालय अन्तगर्तको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा अनुसार गत आर्थिक वर्ष २०८०/ ०८१ मा मात्र १ लाख १२ हजार ५९३ विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७९३ जना बढी हो ।  विदेशी जाने नेपाली विद्यार्थीकै कारण देशको ठूलो धनराशि बाहिर गइरहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ११ महिनामा १ खर्ब १७ अर्ब ५८ लाख रुपैयाँ अध्ययनको नाममा बाहिरिएको छ ।अघिल्लो वर्ष २०७९ /०८० मा १ खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो । त्यतिबेला १ लाख ११ हजार ८०० जनाले अनुमति लिएका थिए ।

आव २०७८/०७९ मा ६७ अर्ब ७० करोड १६ लाख बाहिरिदा १ लाख ८० हजारले अनुमति लिएका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा २४ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बाहिरिदा ४३ हजार ७० ले अनुमति  लिएका थिए। आर्थिक वर्ष २०७६/०७७ मा २५ अर्ब ८१ करोड ३२ लाख बाहिरिदा २५ हजार ३०० ले अनुमति लिएका थिए ।

वैदेशिक अध्ययन अनुमति पत्र शाखा प्रमुख निर्पाधोज मगरका अनुसार दैनिक करिब ६०० भन्दा बढी बैदेशिक अध्ययन अनुमतिका लागि निवेदन पर्ने गरेको छ । जसमा ४०० हाराहारीमा विद्यार्थीले दैनिक रुपमा अनुमति पत्र लिने गरेका छन् ।

उनले भने, ‘विगतको तुलनामा अनुमति पत्र लिनेको संख्या बढेको छ, दैनिक ५००भन्दा बढी हुँदा भिड थामि नसक्नु हुन्छ ।’विदेश पढ्न जाने विद्यार्थीलाई नजाउ,अनुमति पत्र दिन्न भन्न मिल्दैन, बरु विद्यार्थीलाई रोक्न ‘पार्ट टाइम’अर्थात् घण्टाको आधारमा काम गरेको पैसा दिन सके विद्यार्थीलाई टिकाउन सकिने  शिक्षा न्त्रालयका सूचना अधिकारी शंकर अधिकारी बताउँछन् ।

उनले भने,‘ हामीले विद्यार्थीलाई बुझाउन सक्नुपर्छ, अहिले बाध्यताले खाडीमुलुक र रहरले विदेश जानेको लहर नै छ, रोक्न सक्ने अवस्था पनि छैन,यसका लागि पूरै शिक्षा संरचना नै फेर्नुपर्ने हुन्छ।’ जापान, क्यानाडा,अष्ट्रेलिया, यूके, अमेरिका र कोरियालगायतका मुलुक नेपाली विद्यार्थीको प्राथमिकतामा पर्छन् ।

 जापानका लागि सबैभन्दा धेरै बाहिरिए

मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/ ८१ मा सबैभन्दा बढि अर्थात् ३४ हजार ७३१ विद्यार्थीले जापानका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।  त्यस्तै, क्यानडाको लागि १५ हजार ९८२,अष्ट्रेलियाको लागि १४ हजार ३७२, यूकेको लागि १३ हजार ३३९,अमेरिकाको लागि ११ हजार २६१ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन्।

सरकारले विद्यार्थीलाई स्वदेशमै रोजगारीको व्यवस्था र अध्ययनप्रतिको जिम्मेवारी लिन नसक्दा हरेक वर्ष यो संख्या बढेको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् ।

उनले भने,‘ राज्यले विद्यार्थीलाई खासै उपयुक्त कार्यक्रम केही ल्याउन सकेको छैन,तीन वर्षे पढाइ पूरा हुन पाँच वर्ष लाग्छ, अनि किन कोही नेपाल बस्ने भन्ने मानसिकता झनै बलियो बन्दै गएको छ।’

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav