विराटनगर । विराटनगरमा रहेको नोबेल अस्पताल र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ ।
सम्झौता अनुसार साउन १ गतेबाट नोबेल र केएमसी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिए ।



















