Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

झलनाथ प्रतिष्ठानको सर्प पालन भ्रष्टाचारमा मधेशका पूर्वमन्त्री विजय यादवलाई ९ वर्ष कैद, अरू कसलाई के सजाय ?

Bahujan Aawaj by Bahujan Aawaj
असार २६, २०८१
0
झलनाथ प्रतिष्ठानको सर्प पालन भ्रष्टाचारमा मधेशका पूर्वमन्त्री विजय यादवलाई ९ वर्ष कैद, अरू कसलाई के सजाय ?
ADVERTISEMENT

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको नाममा स्थापित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवसहित ५ जनालाई कैद तथा जरिवाना निर्धारण भएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश तेजनारायण सिंहराई र सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलाशले तत्कालिन मन्त्री यादवलाई सबैभन्दा बढी ९ वर्ष १ महिना जेल सजायको फैसला सुनाएको हो ।

उनलाई कसुर अनुसार ८ वर्ष र उनको पदीय जिम्मेवारीका हिसाबले थप १ वर्ष १ महिना कैद हुने फैसला सुनाइएको विशेष अदालतका उपरजिष्ट्रार एवम प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार तत्कालिन मन्त्री यादवबाट २ करोड ३५ लाख २९ हजार ३६८ रुपैयाँ बिगो र जरिवाना हुने ठहर पनि अदालतले गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई भने ८ वर्ष कैद र मन्त्री यादव सरह नै जरिवाना असुल्ने फैसला विशेष अदालतले गरेको प्रवक्ता कार्कीले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्व प्रमुख मानबहादुर र मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठले भने यस अघि नै सफाई पाइसकेका थिए ।

विशेष अदालतका अध्यक्ष कुँवर, सदस्य राई र श्रेष्ठको इजलासले गत असार ११ मा ५ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मंगलबारका लागि पेसी तोकेको थियो ।

अख्तियारले प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि ७ जना विरुद्ध २०८० असोज २१ मा विशेष अदालतमाा मुद्दा दायर गरेको थियो ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्ने भन्दै सर्लाहीको लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने भनेको थियो ।

र यो पनि

झलनाथ खनाल सर्पदंश उपचार प्रतिष्ठानमा पूर्वमन्त्री विजय यादवसहित पाँच जना भ्रष्टाचारी ठहर

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

बोक्सीको आरोपमा  महिलामाथि क्रूरता: मलमूत्र खुवाएर मानवता नै लज्जित ।

बोक्सीको आरोपमा महिलामाथि क्रूरता: मलमूत्र खुवाएर मानवता नै लज्जित ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav