
बिहारका पूर्व मुख्यमन्त्री नितिश कुमारका छोरा निशान्त कुमारले ले बिहीबार मन्त्री पदको शपथ ग्रहण गरेका छन्। यसअघि अप्रिल १५ मा नयाँ सरकार गठन हुँदा उनलाई उपमुख्यमन्त्री बनाइने चर्चा चलेको थियो। तर पटनाको गाँधी मैदानमा आयोजित मन्त्रिपरिषद् विस्तार समारोहमा उनले मन्त्रीका रूपमा शपथ लिएका हुन्।
निशान्तका समर्थकहरूका अनुसार उनले कुनै जिम्मेवारी सम्हाल्नुअघि राज्यको अवस्था र जनताको भावना बुझ्न चाहेका थिए। यही उद्देश्यसहित उनले मे ३ देखि पश्चिम चम्पारणबाट ‘सद्भाव यात्रा’ सुरु गरेका थिए।
गान्धी मैदानमा उनको नाम घोषणा भएपछि जेडीयू समर्थकहरूले नाराबाजी गर्दै स्वागत गरेका थिए।
मुख्यमन्त्री सम्राट चौधरी नेतृत्वको मन्त्रिमण्डलमा तीन पूर्व मुख्यमन्त्रीका छोराहरू समावेश भएका छन्। तीमध्ये संतोष कुमार सुमन जो पूर्व मुख्यमन्त्री नितन राम माझी का छोरा हुन्, तथा नितिश मिक्ष्र जो पूर्व मुख्यमन्त्री जितन राम माझी का छोरा हुन्, पनि समावेश छन्।
यसपटकको मन्त्रिमण्डल विस्तारमा बीजेपीबाट १५, जेडीयूबाट १३, लोजपा (आर) बाट २, हमबाट १ तथा रालोमोबाट १ जना मन्त्रीले शपथ लिएका छन्।
यसअघि नोभेम्बर २०२५ मा गठन भएको मन्त्रिमण्डलका बीजेपी कोटाबाट मन्त्री बनेका मंगल पाँडे र नारायण प्रसाद लाई भने यसपटक मन्त्रिमण्डलमा स्थान दिइएको छैन।





© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav
© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav