जनमत पार्टीका अध्यक्ष एवं सांसद डा सिके राउतले आगामी चुनावमा मधेस प्रदेशमा जनमत पार्टीले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।
गौर राइस मिलमा बिहीवार आयोजित कार्यक्रममा उनले अहिले गठबन्धनको सरकार भएको र यसमा काम गर्न विभिन्न बाधा व्यवधानहरू बेहोर्दै आउनुपरेको बताए । उनले आगामी चुनावमा दुई तिहाइ बहुमत ल्याएर आफू अनुकूलको कानून निर्माण गर्न सकिने र त्यसको लागि अहिलेदेखि तयारी गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । अध्यक्ष डा राउतले केन्द्रीय राजनीतिमा दुई ठूला दलको हालीमुहाली बढेको र साना दलहरूको कुरा सुन्ने नगरेको बताए । उनले संसद्मा जनमत पार्टीको आवाज सुन्ने नगरेको कारण आगामी दिनमा सडक आन्दोलनमार्पmत आप्mनो आवाजलाई सरकारसम्म पु¥याउने बताए । अधिकारको लागि सदैव सङ्घर्षशील हुनुपर्ने अवस्था रहेको भन्दै उनले सङ्घर्षलाई निरन्तरता दिन नसकिएको खण्डमा अधिकारबाट वञ्चित हुनुपर्ने बताए ।
जनमत पार्टी रौतहटका इन्चार्ज शेख जमशेदको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वसन्त कुशवाहा, केन्द्रीय सदस्य देवेन्द्र मिश्र, पर्सा अध्यक्ष्F ओमप्रकाश सर्राफ र रम्भा मिश्रलगायतले राजनीतिक कार्यकर्ताभन्दा सामाजिक कार्यकर्ता बनेर जनमुखी काम गर्नुपर्ने बताए ।उनीहरूले अन्य दलमा अराजकता फैलाउने व्यक्तिहरूको हालीमुहाली बढ्दै गएको बताउँदै जनमत पार्टीमा त्यसो हुन नदिन सबै कार्यकर्तालाई आग्रह गर्दै निरन्तर खबरदारीसँगै जनसेवामा लाग्न सुझाए ।



















