Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

के मधेश प्रदेशमा सरकार परिवर्तन हुन लागेको हो ?

Bahujan Aawaj by Bahujan Aawaj
बैशाख २८, २०८१
0
ADVERTISEMENT

मधेश प्रदेश सरकारमाथि ग्रहण लागेको छ । सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिने चर्चा बिहीबाार दिनभरि नै चले पनि मुख्यमन्त्री सरोज कुमार यादव र प्रदेश प्रमुखको कार्यालयले पुष्टि गरेको छैन् । माओवादी संसदीय दलका नेता समेत रहेका बिना विभागीय मन्त्री भरत साहले ‘माथिको निर्देशन’ नआएको बताए । ‘हामी सभासदहरु प्रायः बैठक बसिरहेका हुन्छौ’ उनले भने–‘तर माथिबाट समर्थन फिर्ता लिने अथवा सरकार छाड्ने निर्देशन आएको छैन् ।’ केन्द्रीय निर्देशन बिना प्रदेश सरकारबारे कुनै निर्णय स्थानीय स्तरबाट नहुने उनले बताए । तर सरकारले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको उनले आरोप लगाए ।

मुख्यमन्त्री यादवले साहलाई वन तथा वातावरण मन्त्रालयको कार्यभार दिएका छन् । तर उनी हाल सम्म पदबहाली गरिसकेका छैनन् । साहले मुख्यमन्त्री अथवा नभए अर्थमन्त्रालय दिनुपर्ने अडानमा छन् ।

गत माघ महिनामा उनले एमाले, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) सहितका दलहरुसित मिलेर सरकारलाई अल्पमतमा पार्ने तयारी गरेका थिए । तर त्यो सफल हुन सकेन् । वैशाख ४ गते एमालेले कांग्रेस, जनमत र लोसपालाई पेलेर सरकारलाई विश्वासको मत लिन सघाएको थियो । तर माओवादी केन्द्र मौन रहेका थिए । यद्यपि सरकारको पक्षमा नै मतदान गरेका थिए ।

उच्चस्रोतहरुका अनुसार एमाले र माओवादीले सरकारबाट समर्थन फिर्ता लिएर अल्पमतमा पार्ने रणनीति बनाएका छन् । सरकार अल्पमतमा परेपछि जसपा नेपाल मधेश प्रदेश संसदीय दल विभाजन हुने आकलन गरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता नलिनेमा विश्वस्त देखिएका छन् । ‘जसपा नेपालबाट अलग्गिएका केही मानिसहरुले मधेश प्रदेशमा सरकार ढल्ने भ्रम फैलाउन खोजेका छन्’ उनले भने, तर मधेश प्रदेशमा जसपा नेपाल संसदीय दल एकजुट रहेको छ ।’ सोमवार मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । सो बैठकले एकढिक्का रहेर पार्टीबाट अलग्गिएकाहरुलाई जवाफ दिने निर्णय गरेको संसदीय दलका सचेतक प्रमोद गुप्ताले जनाए ।

एमाले संसदीय दलका नेता समेत रहेका मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव बिहीबार अचानक काठमाण्डु गएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अड्कल तीव्र बनेको छ । सरकारको समर्थन फिर्ता लिने विषयमा पार्टी भित्र कुनै छलफल नभएको उल्लेखगर्दै मन्त्री यादवले भने–‘बाहिर चलेको हल्ला जस्तो अवस्था छैन् ।

सरकार सम्बन्धमा माओवादी सीत पनि औपचारिक छलफल नभएको उनले बताए । नेकपा एकीकृत समाजवादी (एस)ले सरकारबाट नहटने बताएको छ । जसपा नेपालको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट पार्टी हटने कुनै संभावना नरहेको बताए । पार्टीका नेता एवं पूर्व मन्त्री सत्रुधन महतोले गठबन्धनमा भएको सहमती अनुसार नै मधेश प्रदेश सरकार अगाडि बढने बताएका छन् । ‘सरकार गठन भएदेखि नै नेकपा एस सरकारको साथमा रहेको छ’ उनले भने–‘अन्य दलले समर्थन फिर्ता लिए पनि हामी सरकार छाड्ने छैनौ ।’ मधेश प्रदेश सभाको गणित अनुसार सरकारका लागि ५४ जनाको समर्थन चाहिन्छ ।

मधेश प्रदेशमा लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन् । एमालेका सभासद रामचन्द्र मण्डल सभामुख छन् । १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा एमालेको सभामुख सहित २५ जना, नेपाली कांग्रेसको २३ जना, जसपाको १९ जना, जनमतको १३ जना, माओवादी केन्द्रको ९ जना, लोसपाको ९ जना, नेकपा एसको ७ जना रहेका छन् । संघीय समाजवादी पार्टीको १ र नागरिक उन्मुक्ति पार्टीको १ जना सांसद, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ जना सांसद छन् ।

वैशाख ४ गते मुख्यमन्त्री यादवले लिएको विश्वासको मतमा एमालेको २४, जसपाको १९, माओवादीको ९ र नेकपा एसको ७ जना, नागरिक उन्मुक्तीको १ र संघीय समाजवादीको १ जनाले समर्थन गरेको थियो । माओवादी र एमालेले सरकारबाट समर्थन फिर्ता लिए सरकार तत्काल अल्पमतमा पर्ने छ । तर कांग्रेस र लोसपाले साथ दिए सरकार ढल्ने छैन् । कांग्रेसको २२ जना र लोसपाका ८ जनाले मतदानमा भाग लिन पाउने छन् । सरकारलाई अल्पमतमा पारेर जसपालाई विभाजन गर्ने खेलमा एमाले र माओवादी लागेको आरोप प्रदेशमा लाग्न थालेको छ ।

सरकार अल्पमतमा परेपछि जसपा संसदीय दलबाट ८ जना सम्म जनता समाजवादी पार्टी(जसपा)मा जाने दावी गरिएको छ । जसपाका अध्यक्ष अशोक राईले प्रदेश सभामा आधी संख्या आप्mनो पक्षमा रहेको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav